Comments Add Comment

गोकर्ण रिसोर्टमा जनजाति नेताको धर्ना

५ कात्तिक, काठमाडौं । तीन दलका शीर्ष नेताहरु गोकर्ण रिसोर्टमा संघीयता सम्बन्धी छलफलमा बसेका बेला पहिचान सहितको संघीयता माग्दै आदिवासी जनजाति अगुवाले रिसोर्ट परिसरमा धर्ना दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालको नेतृत्वमा केही जनजाति अगुवाले सहमतिका लागि दबाब दिन भन्दै धर्ना दिएका हुन् ।

अपरान्ह २ देखि ३ बजेसम्म एक घण्टा धर्ना दिइएको कुमालले बताए ।

पहिचान र सामथ्र्यका आधार सहित अघिल्लो संविधानसभाको राज्य पुनसंरचना समितिले सिफारिस गरेका १४ र आयोगले सिफारिस गरेका ११ प्रदेशको बीचमा सहमति खोज्न शीर्ष नेताहरुलाई दबाब दिने उनले बताए ।

उनले ११ प्रदेशभन्दा तलको सहमति मान्य नहुने र जातीय पहिचान सहितको संघीयता हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment