Comments Add Comment

डिभिजन थ्रीमा नेपालको लक्ष्य उपाधि रक्षा : पारस

division 3 malaysia

राजकुमार/ज्ञान पोखरेल

५ कात्तिक, क्वालालम्पुर । युनाण्डासँगको खेलबाट नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि रक्षा यात्रा थाल्दैछ ।

डिफेण्डिङ च्याम्पियन नेपाल र युगाण्डाबीचको खेल नेपाली समय अनुसार विहीबार विहान ८ बजे किनरारा ओभलमा हुनेछ, जुन खेलको अनलाइनखबरले लाइभ अपडेट गर्नेछ ।

श्रीलंकामा अभ्यास गरेर सिधै मलेसिया आएको टोली पहिलो खेलका लागि तयार देखिएको छ । कप्तान पारस खड्का अनुसार टोलीका सबै खेलाडी फिट छन् । ओपनिङ सुवास खकुरेल र नेरश बुढायरले गर्नेछन् ।

बुधबार क्वालालाम्पुरमा आयोजित काप्टेन प्रेसमिटमा कप्तान पारस खड्काले श्रीलंका भ्रमणपछि नेपाली टीम राम्रो तयारीका साथ आएको बताए । उपाधि रक्षा नै नेपालको लक्ष्य भएको भन्दै उनले भने-राम्रो गर्न सक्ने क्षमता छ । चाहिएको बेला खेल्न सक्नुपर्छ हामीले ।’

paras Khadka

हरेक खेलमा जित मात्र नभए रन रेट समेत महत्वपूर्ण हुने भन्दै नेपाली टीमका कप्तान खड्काले कुनै पनि टिमलाई कमजोर आाक्न नमिल्ने बताए ।

युगाण्डाका कप्तान फ्राङ्क नुसुबुगाले यसअघि भएका तीन मध्ये दुइ नेपाल र एक युगाण्डाले जितेको भन्दै राम्रो खेल्न प्रयास गर्ने बताए ।

सजिलो छैन च्याम्पियन बन्न

नेपालको लक्ष्य एशोसिएट राष्ट्रको शीर्ष टोली बन्ने हो । त्यसका लागि डिभिजन थ्रीको उपाधि रक्षा गर्नु पर्नेहुन्छ । मलेसियाको परिचित मैदानमा नेपालले परिचित टोलीहरुसँग नै खेल्नेछ ।

तर, ५० ओभरको खेलमा भने राम्रो तयारी गर्न पाएको छैन । अघिल्लो महिना कोरियामा २० ओभरको एसियाड खेलेको थियो । त्यसअघि मे मा मलेसियामा ५० ओभरको एसीसी प्रिमियर लिग खेलेको नेपालले सोचे जस्तो प्रदर्शन गर्न सकेन। जहाँ नेपालले घरेलु टोली मलेसियालाई हराएको थियो । तर, डिभिजन फोर जितेको मलेसिया राम्रो लयमा देखिएको छ ।

अमेरिकासँग पछिल्लो ६ वर्षमा ९ खेल खेलेको छ । डिभिजन थ्री, फोर र फाइभमा नेपालले तीन खेल हारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment