Comments Add Comment

एसियन टाउन स्केप अवार्ड बाग्मती एकीकृत विकास समितिलाई  

ata५ कात्तिक, काठमाडौ । अधिकार सम्पन्न बाग्मती एकीकृत विकास समितिले जापानको चर्चित ‘एसियन टाउन स्केप अवार्ड’ पाउने भएको छ । बाग्मति नदी सरसफाई अभियान चलाए वापत समितिले सो अवार्ड प्राप्त गर्ने भएको हो ।

जापानको फुकुओका सहरमा आगामी मंसिर २ गते एक कार्यक्रमकावीच सो पुरस्कार प्रदान गरिने भएको हो । नगरको सौन्दर्यमा सहयोग पुर्याएको भन्दै बाग्मती एकीकृत विकास समितिले एसियाली देशहरुलाई दिइने सो पुरस्कार पाउने भएको हो ।

सन् २०१० मा युएन ह्याविट्याक्ट, एसियन टाउन स्केप सोसाइटी र फुकुओका एसिया अर्वन रिसर्चले संयुक्त रुपमा सो पुरस्कार स्थापना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment