Comments Add Comment

फरार अभियुक्त पक्राउ पर्न थाले

५ कात्तिक, नवलपरासी । अदालतको फैसला अनुसार कैद, जरिवाना तथा सरकारी बिगो भुक्तान नगरेका व्यक्तिलाई खोज्न टोली परिचालन भएसँगै अभियुक्तहरु पक्राउ पर्न थालेका छन् ।

पुनरावेदन अदालतबाट ज्यान अभियोगमा जन्मकैदको सजाय सुनाइएका नवलपरासीको हकुई गाविस–२ बस्ने वृजनन्दन राजभर पक्राउ परेका छन् । पक्राउ परेका राजभरलाई बुधवार नै प्रहरीले जिल्ला अदालत नवलपरासीमा बुझाएको प्रहरी निरिक्षक चन्द्रकुमार राजबंशीले जानकारी दिए ।

फैसलाअनुसार कैद, जरिवाना तथा सरकारी बिगो भुक्तान नगरेका व्यक्तिलाई खोज्न सर्वोच्च अदालतको विशेष टोली पहिलो चरणमा १६ जिल्लामा परिचालन भएको छ ।

पहिलो चरणमा सबैभन्दा बढी कैद, जरिवाना र सरकारी बिगो असुल नगर्ने पक्षका १६ जिल्लामा कात्तिक १ गतेदेखि टोली परिचालन गरिएको छ । फैसला कार्यान्वयन नगरी फरार व्यक्तिलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्ने गरी टोलीलाई अधिकार दिइएको छ । फौजदारी मुद्दाको फैसला कार्यान्वयन गर्न अभियान चलाइएको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment