Comments Add Comment

राजधानीमा चारजना ‘डाका’ समातिए

५ कात्तिक, काठमाडौं । राजधानीको सोल्टीमोडमा दिउँसै डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार मंगलबार काठमाडौं १३ निवासी ब्यापारी अजय शाह तुराहका रहेको १ लाख ३० हजार रुपैयाँ लुट्ने कार्यमा संलग्न चार व्यक्तिलाई उसै दिन प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सर्लाही हरिवनका ऋषिराम कडरिया, मकवानपुर राईगाउँमा अमृत लामा, ओखलढुंगा टारकेराबारीका गोपाल मगर र ललितपुर लेलेका रोजिन मार्या तामाङ रहेका छन् ।
उनीहरुलाई बुधबार जिल्ला अदालत काठमाडौंमा म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment