Comments Add Comment

मकवानपुरमा स्पोर्टस् अवार्ड

५ कात्तिक, हेटौंडा । नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर शाखाले हेटौंडामा स्पोर्टस् अवार्ड गर्ने भएको छ ।
जिल्लामा रहेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलक्षेत्रमा आफ्नो वर्चश्व जमाउन सफल खेलाडी तथा प्रशिक्षकहरुलाई विभिन्न विधामा सम्मानित गरिने मञ्च अध्यक्ष सुमन भोम्जनले जानकारी दिए । मञ्च अध्यक्ष भोम्जनको अध्यक्षतामा बुधबार हेटौंडामा बसेको बैठकले विभिन्न छ विधामा खेलाडी, प्रशिक्षक तथा पाका खेलाडीलाई सम्मानित गर्ने निर्णय गरेेको हो ।
बर्ष खेलाडी पुरुष र महिला, उदियमान खेलाडी, लोकप्रिय खेलाडी,  तथा उत्कृष्ट प्रशिक्षक विधामा मञ्चले सम्मानित गर्ने भएको हो । त्यस्तै लामो समयदेखि खेलक्षेत्रमा योगदान पुर्‍याउँदै आएका पुराना खेलकर्मीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने योजना मञ्चले बनाएको छ ।
‘मञ्चले नगदसहित अवार्डबाट खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मानित गर्नेछ,’ अध्यक्ष भोम्जनले भने-‘हामी छिट्टै कार्यक्रमको मिति समेत तय गर्नेछौं ।’ भोम्जनका अनुसार एकवर्षभरी खेलाडीले गरेको प्रदर्शनको आधारमा बर्षको अन्त्यमा अवार्ड आयोजना गरिनेछ । मञ्चले पुरस्कार राशी र मिति भने छिट्टै टुंग्याने भोम्जनले जानकारी दिए ।
मञ्चल अवार्डलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत चयन गरेको छ । बैठकले भोजम्जनको अध्यक्षतामा अवार्ड आयोजक समिति तथा विभिन्न उपसमिति समेत गठन गरेको छ । बैठकले अर्थ, खेलाडी छनौट, प्रचारप्रसार तथा व्यवस्थापन उपसमिति चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment