Comments Add Comment

खुकुरी प्रहार गरी आमाको हत्या

५ कात्तिक, रुकुम । रुकुमको पूर्वी महत गाविस-१ मा खुकुरी प्रहार गरी मंगलबार राति आफ्नै छोराले आमाको हत्या गरेका छन् ।
२८ वर्षका छोरा धनप्रसाद बुढाले ५५ वर्षकी आमा सुनपुरा बुढाको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आमाको हत्या गरी फरार रहेका बुढाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
सामान्य घरायसी विवादमा आमाको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीयवासीका अनुसार फरार अभियुक्त एक मात्र छोरा हुन् ।  घटनास्थल जिल्ला सदरमुकाम खलङ्गादेखि २२ कोष उत्तर-पूर्वमा  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment