Comments Add Comment

राष्ट्रपतिलाई धम्की दिए सात वर्ष कैद

rambaran-yadav
६ कात्तिक, काठमाडौं । कसैले राष्ट्रपतिमाथि आक्रमण, अपहरण र शरीर बन्धकलगायतका उद्योग गरे १५ वर्षसम्म कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने प्रस्ताव विधेयकमा गरिएको छ ।
त्यस्तै, राष्ट्रपति र व्यवस्थापिका संसदलाई धम्की दिए, कार्य सम्पादनमा असर पुर्‍याए सात वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रिय झन्डाको अपमान गरे, राष्ट्रिय गान तथा निशान छापको दूरुपयोग गरे तीन वर्षसम्म कैदको प्रस्ताव विधेयकमा छ । राज्य विरुद्ध घृण फैलाएको कसुरमा पनि तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment