Comments Add Comment

सार्क सम्मेलनका लागि सर्वसाधारणले घर सिगार्नुपर्ने

Saarc
६ कात्तिक, काठमाडौं । आगामी मंसिर दोस्रो साता हुन लागेको सार्क शिखर सम्मेलनलाई राजधानी सफा, सुन्दर र आकर्षक सहरको नमुना बनाउन सडक, सरकारी भवन, पुल लगायत संरचना सिँगारिरहेको सरकारले निजी धरधनीलाई समेत घर रंगरोगन गरेर सुन्दर बनाउन आग्रह गरेको छ ।
सरकारले आगामी मंसिर १० र ११ गते हुने सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुनाको आवातजावत हुने स्थानका निजी तथा व्यापारिक प्रयोजनका लागि बनाइएका घरधनीलाई घर तथा पर्खाल रंगरोगन गरेर सुन्दर बनाउन आग्रह गरेको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं महानगरपालिकाले सम्मेलनका लागि आएका प्रतिनिधिलाई काठमाडौं सफा र सुन्दर सहरका रुपमा चिनाउन प्रतिनिधि आवातजावत गर्ने सबै स्थानका घर रंग्याउन तथा अनावश्यक रुपमा उम्रेका झारपात हटाउन आग्रहसहितको पत्र पठाउन थालेको छ । लामो समयपछि नेपालमा हुन लागेको सार्क सम्मेलन नेपालको प्रतिष्ठासँग जोडिएकाले सरकारले आफ्नो तर्फबाट गरिरहेको कामका स्थानीय तथा निजी क्षेत्रको पनि सहयोग मागिएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment