Comments Add Comment

नेपालमा भित्रने भन्दा बाहिरिने पैसा धेरै

६ कात्तिक, काठमाडौं । देशमा भित्रिनेभन्दा बाहिरिने पैसा बढेको छ। एक महिनामा भित्रने र बाहिरिने रकमको अन्तर (शोधानान्तर) १० अर्ब रुपैयाँले घाटामा गएपछि पुँजी पलायन भएको आशंका गरिएको छ।

nepali-noteनेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार शोधानान्तर चार वर्षपछि १० अर्ब ५० करोड रुपैयाँले घाटामा गएको छ। यो तथ्यांक चालू आर्थिक वर्षको दुई महिनाको हो। यो एक महिना अवधिमा शोधानान्तरमा ठूलो परिवर्तन आएको अन्नपूर्ण पोस्टमा खबर छ। साउनमा शोधनान्तर दुई अर्ब ७७ करोड रुपैयाँले बचतमा थियो।

राष्ट्रबैंकको अनुसन्धान विभागमा लामो समय बिताएका अर्थशास्त्री केशव आचार्यले बचतमा गएको शोधानान्तर एकपटक ठूलो रक ममा घाटा हुनुले पुँजी पलायनको सम्भावना देखिएको बताए। ‘साउनमा बचतमा गएको शोधानान्तर एकैपटक १० अर्ब रुपैयाँले घाटामा जाँदा पुँजी पलायन एउटा प्रमुख कारण देखिन्छ’, उनले भने, ‘रेमिट्यान्स र व्यापार घाटाले यसमा प्रभाव पारे पनि एकैपटक शोधानान्तरमा हुने परिवर्तनले पुँजी पलायनको आंशका बढाउँछ।’

विगतमा यसरी शोधानान्तर घाटामा जाँदा पुँजी पलायन हुने गरेको आचार्यले बताए। देशमा भित्रने रकमभन्दा बाहिरिने रकम बढी भएपछि शोधानान्तर घाटामा जान्र्छ। अघिल्लो वर्ष व्यापार घाटा बढी पनि शोधनान्तर बचतमा गएको थियो। अघिल्लो आर्थिक वर्षको भदौमा शोधानान्तर ३३ अर्ब रुपैयाँले बचतमा थियो।

पछिल्लो समय गैरकानुनी रूपमा सुन आयातका लागि पुँजी पलायन भएको आशंका अर्थविद्ले गरेका छन्। ‘गैरकानुनी रूपमा सुन भित्र्यााउन पुँजी पलायन भएको हुनसक्ने देखिन्छ’, आचार्यले भने। विगत तीन महिनादेखि बजारमा सुन बिक्री भए पनि वाणिज्य बैंकले वैधानिक तरिकाबाट ल्याएको सुन बिक्री भएको छैन। यसबाट गैरकानुनी तरिकाबाट आएको सुन बजारमा बिक्री हुने पुष्टि गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment