Comments Add Comment

आइतवार हङकङमा इन्फा अवार्ड हुँदै, को-को कलाकार जाँदैछन ? (नोमिनेसन सूचीसहित)

Infa-flim-awardsकाठमाडौ । हङकङमा हुन लागेको इन्टरनेशनल नेपाल फिल्म एकेडमी (इन्फा)अवार्डको तयारी पूरा भएको छ ।
अवार्डका अध्यक्ष दीपक श्रेष्ठले दिएको जानकारी अनुसार २६ अक्टोवर (आइतवार) नेपाली सेलीब्रेटीहरुको साथमा भब्य रुपमा कार्यक्रम सम्पन्न हुने छ ।
हङकङको योङलङमा रहेको योङलङ थिएटरमा हुने कार्यक्रममा नेपाली कलाकारहरु शिब श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, मेलिना मानन्धर शनिवार दिउँसो हङकङ उड्दैछन् ।
नम्रता श्रेष्ठ, निशा अधिकारी, केकी अधिकारी, प्रियंका कार्की, माल्भिका सुब्बा, सीताराम कट्टेल ‘धुर्मुश’, कुञ्जना घिमिरे ‘सुन्तली’ लगायतका कलाकार भाइटिका लगाएपछि हङकङ उड्ने तयारीमा छन् ।

Infa-film-awards
हङकङमै रहेको नेपाल क्लब हङकङको आयोजनामा हुन गइरहेको कार्यक्रममा हङकङ नेपाली महासंघको समेत सहयोग रहने जानकारी अध्यक्ष श्रेष्ठले दिए । ‘हङकङमा नेपाली चलचित्रको ब्यापार स्थापना गर्नका लागि पनि हामीले यो कार्यक्रम गरेका हौं ।’ श्रेष्ठले भने ।
विभिन्न २० विधामा प्रदान गरिने अवार्डमा नोमिनेशनमा परेका फिल्मको सुची तल उल्लेख गरिएको छ ।
सर्वोत्कृष्ठ फिल्म
१ नाइ नभन्नु ल- २
२ छ एकान छ
३ महशुस
४ मोक्ष
५ होष्टेल
सर्वोत्कृष्ठ निर्देशक
१ विकास आचार्य – नाइ नभन्नु ल- २
२ दिनेश डिसी -छ एकान छ
३ नवल नेपाल- महशुस
४ सबिर श्रेष्ठ- काली
५ सुरज सुब्बा ‘नाल्बो’- बितेका पल
सर्वोत्कृष्ठ नायक
१ अनुभव रेग्मी – नाइ नभन्नु ल, २
२ आर्यान सिग्देल – महशुस
३ सौगात मल्ल – फिटकिरी
४ यश कुमार -बीर
५ किशोर खतिवडा – ढुवानी
सर्वोत्कृष्ठ नायिका
१ नम्रता श्रेष्ठ – मौन
२ रेखा थापा -काली
४ निता ढुंगाना – छ एकान छ
५ केकी अधिकारी – महशुस
सर्वोत्कृष्ठ सह-नायक
१ सुरजसिंह ठकुरी -नाइ नभन्नु ल, २
२ श्याम राई – प्रोड्युसर
३ सुवास थापा – तोरी लाहुरे
४ बाबु बोगटी – बितेका पल
५ नीर शाह -महशुस
सर्वोत्कृष्ठ सह-नायिका
१ बेनिशा हमाल -महशुस
२ नन्दिता केसी – पराई
३ बसुन्धरा भुषाल -पराई
४ प्रियंका कार्की -नाइ नभन्नु ल, २
सर्वोत्कृष्ठ हाँस्य कलाकार
१ सिताराम कट्टेल – छ एकान छ
२ जय किशन बस्नेत – दुइ दिन पछि
३ विल्सन बिक्रम राइ -प्रोड्युसर
४ सन्दिप क्षेत्री – छ एकान छ
५ दिपकराज गीरि -छ एकान छ
सर्वोत्कृष्ठ खलनायक
१ सुभाष थापा – किन किन
२ झरना थापा -कोही त छ
३ दयाहाङ राइ – लोफर
४ मुकेश आचार्य – मुटु
सर्वोत्कृष्ठ संगीत
१ बसन्त सापकोटा -नाइ नभन्नु ल, २
२ सुरेश अधिकारी -महशुस
३ डम्बर नेपाली – बितेका पल
४ बसन्त सापकोटा -काली
५ अजुर्नन पोखरेल – बिन्दाश, २
सर्वोत्कृष्ठ कथा
१ विकास आचार्य – नाइ नभन्नु ल, २
२ प्रविन श्रेष्ठ- मोक्ष
३ नबीन गौली/सुरज भुषाल- मौन
४ विनोद पौडेल – साँघुरो
५ पिताम्बर पाण्डे – ढुवानी
सर्वोत्कृष्ठ पटकथा/संवाद
१ विकास आचार्य – नाइ नभन्नु ल, २
२ हेमराज बिसी – होष्टेल
३ दिपकराज गीरि -छ एकान छ
४ सुरज सुब्बा नाल्बो – बितेका पल
सर्वोत्कृष्ठ गीत
१ डा. कृष्णहरी बराल- मर्ने कसैलाइ -नाइ नभन्नु ल, २
२ प्रबिन श्रेष्ठ -खुला आकाश – मोक्ष
३ डा. कृष्णहरी बराल -इ आँखामा -नाइ नभन्नु ल, २
४ राम अबिरल – सुन्छु तिमीले मलाइ – बिन्दाश, २
सर्वोत्कृष्ठ पुरुष गायक
१ प्रेम परियार – इ आँखामा- नाइ नभन्नु ल, २
२ स्वरुपराज आचार्य -मर्ने कसैलाइ -नाइ नभन्नु ल, २
३ प्रल्हाद तिमल्सेना – स्लोली स्लोली -काली
४ शिब परियार – सुन्छु तिमीले मलाइ -बिन्दाश, २
सर्वोत्कृष्ठ गायन महिला
१ मिलन अमात्य -स्लोली स्लोली- काली
२ दुर्गा परियार -दिल चुप छ – महशुस
३ प्रकृति गीरि -जब साँझ पर्छ – बितेका पल
४ दुर्गा खरेल – सुन्छु तिमीले मलाइ – बिन्दाश, २
५ अन्जु पन्त -यति धेरै माया – हो यहि माया हो
सर्वोत्कृष्ठ नव नायक
१ अनमोल केसी -होष्टेल
२ सलोन बस्नेत -होष्टेल
३ कोशिस क्षेत्री -मोक्ष
४ शुशांक मैनाली – साँघुरो
५ अविनाश गुरुङ -बितेका पल
सर्वोत्कृष्ठ नव नायिका
१ सुजाता कोइराला – मञ्जरी
२ प्रकृति श्रेष्ठ -होष्टेल
३ सगुन शाही -ढुवानी
४ कोमल वलि -राजनिती
५ जस्मिन श्रेष्ठ -मेरो मनको साथी
सर्वोत्कृष्ठ छाँयाकार
१ हरी लामा -बितेका पल
२ पुरुशोत्तम प्रधान -ढुवानी
३ दिब्य सुवेदी -महशुस
४ ओक्ष्य समुह – मोक्ष
सर्वोत्कृष्ठ द्धन्द्ध निर्देशक
१ हिमाल केसी -वार
२ रोशन श्रेष्ठ -काली
३ राजेन्द्र खड्गी – नोथिङ इम्पोसिबल
४ हिमाल केसी -बीर
सर्वोत्कृष्ठ कोरियोग्राफी
१ कबिराज गहतराज – स्लोली स्लोली -काली
२ कबिराज गहतराज -एक्कासी दुक्कासी- लोफर
३ सिमोन -तिम्रै आँखाहरु -प्रोड्युसर
सर्वोत्कृष्ठ सम्पादन
१ अनन्त थपलिया -छ एकान छ
२ लोकेश बज्राचार्य -कर्कश
३ अञ्जय खड्का -साँघुरो
४ सुरेन्द्र पौडेल -होष्टेल
५ प्रविन श्रेष्ठ -मोक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment