Comments Add Comment

फेसबुकले जुटायो कृषि उद्यमीलाई

facebook
६ कात्तिक, काठमाडौ । नेपालमा अधिकांश गोष्ठी कुनै संस्थाले नै आयोजना गर्छन् । चाहे तरकारी होस् वा गैरसरकारी संस्था, उनीहरुले आयोजना गर्ने कार्यक्रमको आयोजना स्थल, सहभागी संख्या, कार्यक्रमका अतिथि, सहभागीको नाम, ठेगाना र पहिचान सवै खुलेका हुन्छन् ।
तर हालै सम्पन्न युवा कृषकहरुको गोष्ठी भने यी सबै कुरा नखुलाइकनै त्यो पनि फेसबुक पेजमा गरिएको आहृवानमा नै सम्पन्न गरिएको छ । ‘कृषि विकास, प्रविधि र उद्यमका लागि सहकार्य’ नामको फेसबुक पेजमा गरिएको आहृवानमै पोखरामा कात्तिक १ र २ गते सय जना कृषक उद्यमीको संलग्नतामा गोष्ठी सम्पन्न भएको हो । प्रांगारिक कृषिका विज्ञ राजेन्द्र देवकोटाले सञ्चालन गरेको फेसबुक पेजमा सहकार्य गर्नेको संख्या सोमवारसम्ममा ३२ हजार ३ सय ७१ छ । यही पेजमा दुई साताअघि गरिएको आहृवानमा पोखरामा गोष्ठी भएको कारोबार दैनिकमा खबर छ ।
कृषि क्षेत्रका युवालाई आकषिर्त गर्न र यो क्षेत्रमा लागेका युवा कृषि उद्यमीको समस्या र सफलताका कथाहरु आदानप्रदान गर्दै कृषि विकासका योगदान गर्न आयोजित गोष्ठी सोंचे भन्दा सफल भएको संयोजक देवकोटाले बताए ।
‘एउटा फेसबुक अभियानका आधारमा यति धेरै युवा कृषकको संलग्नता हुन्छ/हुदैन भन्नेमा गोष्ठीको दिनसम्म म अनभिज्ञ थिएँ,’ उनले भने, ‘तर गोष्ठी सोंचे भन्दा धेरै सफल भएको छ । कृषि विकासमा थप योगदान गर्न यसले उर्जासमेत दिएको छ ।’
राष्ट्रिय कृषि उद्यम गोष्ठी ०७१’ नाम दिइएको गोष्ठीमा ३८ जिल्लाका कृषिका विविध क्षेत्रमा उपस्थित युवा कृषक तथा उद्यमीहरुले आफ्नो अनुभव, समस्या र समाधानका विषयमा धारणा राखे भने एकअर्कामा भएका ज्ञान आदानप्रदान पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment