Comments Add Comment

तिहारपछि काठमाडौ सडक पखाल्न सुरु गरिने

६ कात्तिक, काठमाडौ । मुख्य सडकलाई सफा राख्न तिहार सकिएपछि काठमाडौका मुख्य सडक पखाल्न सुरु गरिने भएको छ । सार्क सम्मेलनका लागि काठमाडौ महानगरपालिकाले काठमाडौ सहर रंगाउने काम अनुसार मुख्य सडक पखाल्ने योजना अगाडि सारेका गोरखापत्र दैनिकमा खबर छ ।
महानगरपालिकाको वातावारण महाशाखा प्रमुख रविनमान श्रेष्ठले सार्क सम्मेलनका बेला नेपाल आएका विशिष्ट विदेशी पाहुनाहरुले प्रयोग गर्ने सडकलाई पखाल्ने कार्य गरिने जानकारी दिए । उनले सडक पखाल्ने कार्य गर्नुअघि सडकको मर्मत सम्भार तथा सुधार कार्य गरिसक्न सडक डिभिजनलाई आग्रह गरिएको बताए ।
तीनकुनेदेखि माइतीघरसम्म  हालै फराकिलो सडक थुप्रै स्थानमा भत्किन थालिसकेको छ । खाल्डाखुल्डीलाई पनि टालिएन भने सडक पखाल्न समस्या हुने महानगरपालिकाले जनाएको छ । विहान ५ बजेदेखि १० बजेसम्म दैनिक ५ घण्टा गाडी प्रयोग गरी सफाई कार्यलाई तिब्रता दिइने छ । त्यसका लागि १५ जनालाई खटाइएको छ । महानगरपालिकाले वृक्षारोपणलाई पनि तीब्रता दिएको छ ।
यतिबेला महानगरपालिकाले टुँडिखेल र खुलामञ्चको वरिपरि विभिन्न जातका रुख रोपिरहेका छ । महानगरापालिकाले त्रिपुरेश्वरदेखि सोल्टीमोडसम्म सडकका दुवै किनारामा विरुवासहितका गमला राख्ने भएको छ । वातावारण महाशाखाका प्रमुख श्रेष्ठले भद्रपुर, घण्टाघर, धरहरा, सहिदगेट, माइतीघर मण्डला, धरहरा र रानीपोखरी क्षेत्रलाई पनि रंगरोगन गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment