Comments Add Comment

पाँचथरमा फूलको हाहाकार

fool
फूलको किनबेच हुँदै गरेको फाइल तस्वीर

६ कात्तिक, पाँचथर । फूलैफूलको तिहारमा यस वर्षसयपत्री र मखमली फूलको हाहाकार मच्चिएको छ ।
पहिला ढकमक फुल्ने ती फूल अहिले लोप हुने अवस्थामा पुगेको छ । सराङडाँडा-५ की ओममाया पाण्डेले भने-‘पहिले आफूलाई प्रयोग गर्न पुर्‍याएर पनि गाउँका अन्यलाई बाँडिन्थ्यो तर यस पालिको तिहारमा भने सयपत्री र मखमली फूलको अभावमा उल्टै बजारबाट किनेर ल्याउनुपर्‍यो ।’
फूलको अभाव भएपछि अहिले बजारमा प्लास्टिकको फूल किन्न ग्राहकको भिड लागेको छ ।  सदरमुकाम फिदिम बजारमा रहेको राज कस्मेटिक पसलबाट मात्रै घर सिँगार्न र भाइटीकाका लागि भनेर दिनमा ३० हजार रुपैयाँभन्दा बढीको फूल बिक्री हुने गरेको छ । जिल्लामा कमै मात्र फूल आयात भएकाले पनि मखमली र सयपत्री फूलको अभाव भएको व्यवसायीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment