Comments Add Comment

रौतहटमा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान

६ कात्तिक, गौर । रौतहटमा वन रक्षक र काठ तस्करबीच गोली हानाहान भएको छ । रामलाल बृन्दावन साझेदारी वन क्षेत्रमा हतियारधारी काठ तस्कर र वन रक्षक टोलीबीच बुधबार राति गोली हानाहान भएको हो ।

सालको रुख ढालेको खबर पाएपछि फरेस्टर बिमल चौधरी नेतृत्वको टोली वनमा गएको थियो । उनीहरुलाई देखेपछि हतियारधारी तस्कर समूहले गोली चलाएका थिए । वन रक्षकको तर्फबाट पनि जवाफी फायर गरेपछि तस्करहरु सर्लाही तर्फ भागेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

उनीहरुबीच झण्डै आधा घण्टासम्म गोली हानाहान भएको थियो । काठ तस्करहरुले २० राउण्ड गोली चलाएका थिए । जवाफी फायरिङ्गमा बन गस्ति टोलीले २१ राउण्ड फायर गरेको फरेस्टर चौधरीले जानकारी दिए ।

वन रक्षक टोलीले तस्करहरुले प्रयोग गरेको दुईवटा टायर गाडा र टायरगाडामा लोड गरिएको अवस्थामा सालको गोलिया काठ बरामद गरेको छ ।

जिल्ला वन कार्यालय रौतहटका प्रमुख बाबुराम भण्डारीका अनुसार बरामद भएको काठ र टायरगाडालाई जिल्ला वन कार्यालय चन्द्रनिगाहपुर ल्याउने काम भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment