Comments Add Comment

अमेरिकामा कुकुर तिहार मनाइयो

dog
भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रमा कुकुर पाल्ने नेपाली समुदायले कुकुर तिहार मनाएका छन् । बिदेसिएता पनि आफ्ना चाड पर्वलाई निरन्तरता दिदै कुकुर तिहारमा कुकुरलाई अमेरिकामा दिईने बिशेष प्रकारका स्वास्थ्य वर्धक खाना खुवाई पुजा गरिएको छ l
कुकुरलाई भैरवको बहान मानिन्छ l अमेरिकामा अपराध गतिबिधि निक्कै घट्ने हुनाले कुकुरले सुँघेर अपराधीहरू पत्ता लगाउने गर्दछ भन्दै घरको हेरचाह पनि गर्ने भएकोले यसलाई पुजेका उनीहरूले बताए ।
चाड पर्व ,संस्कृति र परम्परालाई सम्बर्धन र प्रबर्धन गर्दै टीका तथा माला लगाइएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरेका छन् भने केहि नेपाली समुदायले कुकरलाई डोराएर उ संगै हिडेर घनिष्ठ मित्रता झल्काई दिएका छन् l कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर भएकोमा नेपाली परिकारको जस्तो खाना नदिई पुरियामा पाईने खानेकुरा दिइएको बताए l
कुकुरसंग मानिसको अत्यन्तै प्रगाढ सम्बन्ध रहने भन्दै सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ।

विजय थापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment