Comments Add Comment

नेपाली घरले बोल्डर डाउन टाउनमा देउसी भैलो खेल्ने

कोलोराडो । कोलोराडो निवासी नेपालीहरुले दोश्रोे महान चाड तिहारको अवसरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको सहर बोल्डर डाउन टाउनमा देउसी भैलो खेल्ने भएका छन् ।
विशेषगरी नयाँ पुस्तालाई आफ्नो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन तथा अमेरीकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा त्यहाँका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गरिएको आयोजकको दाबी छ ।
यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठले बताएका छन् ।
बिगत ६ बर्ष देखि कोलोराडोमा क्रियासिल नेपाली घरले नेपालीहरुको भाषा, संस्कृती , रितीरिवाज, तथा भेष भुषाको संरक्षण, सम्बर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेकबर्ष देउसीभैलोलगायत विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।
नेपालीहरुको साझा संस्था नेपाली घरको सकृयतामा यस बर्ष बोल्डर डाउन टाउन बाहेक बुधबार, बिहिबार, शुक्रबार बोल्डर र लङमन्टका बिभिन्न स्थानमा देउसी भैलो खेल्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
नातिबाबु भट्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment