Comments Add Comment

शासकीय स्वरुप र न्यायपालिकामा लगभग सहमति : आचार्य

narahari acharya
फाइल फोटो

६ कात्तिक, काठमाडौं । कानून मन्त्री नरहरी आचार्यले प्रमुख दलहरुबीच शासकीय स्वरुप र न्यायपालिका सम्वन्धी मतभेदमा लगभग सहमति भैसकेको दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले तोकिएकै समयमा संविधान निर्माण गर्न दवाव दिने उद्देश्यले सुरु गरेको देउसी भैलो कार्यक्रमपछि विहीबार गरेको साक्षात्कारमा उनले शासकीय स्वरुप र न्यायपालिकाको विषयलाई अन्तिम रुप दिन मात्रै बाँकी रहेको स्पष्ट पारे ।

अहिलेको मूल विवाद संघीयता रहेको र त्यसमा पनि दलहरुबीचको मतभेद साघुरिदै गएकोले छिट्टै सहमति बन्ने मन्त्री आचार्यको विश्वास छ ।

उनले प्रक्रिया पनि सहमति नै भएकोले विवादित विषय र प्रश्नावली दलहरुको सहमतिमै अघि बढ्ने बताए ।

उनले सहमति र प्रक्रिया अलग अलग विषय भएको भनि भ्रम रहेको भन्दै पूर्ण सहमति हुन नसक्ने भएकोले अधिकतम सहमति गरेर आगामि माघ ८ गतेभित्रै संविधान जारी गर्ने दावी गरे ।

सहमतिमै संविधान जारी गर्न दलहरुलाई दवाव दिने उद्देश्यले ‘माघ ८ मा पक्कै संविधान’ नारासहित रिपोर्टर्स क्लब नेपालले राजनीतिक दलका शीर्ष नेताहरुको घरमा दबाबमुलक देउसी भैलो कार्यक्रम सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment