Comments Add Comment

सुनचाँदीको कारोबार बढ्यो, दैनिक २५ किलो सुन बिक्री

६ कात्तिक, काठमाडौं । दसैंमा कारोबार हुन नसकेको सुनको व्यवसाय अहिले तिहारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार काठमाडौंमा मात्र यो हप्ता दैनिक २५ किलो सुन तथा २०० किलो चाँदीको कारोबार भएको छ ।

goldदसैंमा दैनिक १० किलो सुन तथा करिब १०० किलो चाँदी खरिद बिक्री भएको थियो । महासंघका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको सुनको मूल्य र नेपाली रुपियााको क्रय शक्ति घटदै गएका कारण सुनको कारोबारमा कमी आएकाले व्यवसायीलाई काम गर्न कठिन भएको बताए ।

लक्ष्मीपूजामा धेरै थोरै सुन किनेर घरमा संग्रह गर्नुपर्छ भन्ने मान्यताका कारण पनि अहिले सुनको व्यापार बढेको हो । सामान्य दिनमा अहिले दैनिक पाँच/छ किलो पनि सुन तथा गरगहना बिक्री हुन नसकेको अवस्थामा तीन दिनमा करिब ६० किलो सुनको बिक्रीले व्यवसायीलाई आशा पलाएको छ ।

मखनमा काँचो सुन व्यापार गर्दै आउनुभएका नेभी श्रेष्ठले ‘मानिसहरुले सुन भनेको नगद नै हो’ भनी सकेको सञ्चय गर्ने र अप्ठेरो परेका समयमा बिक्री गरी व्यावहारिक काम चलाउँदै आएको भए पनि अहिले सुनको मूल्य उच्च रहेकाले लुटपाट तथा असुरक्षाको महसुस गरी आवश्यक परेका समय केही किन्ने गरेको अनुभव सुनाइन ।

नेपाल राष्ट्र बैंकले विगतमा सुनको आयात अत्यधिक भएकाले व्यापार घाटा बढ्दै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्न दैनिक २० किलो मात्र सुन आयात गर्न अनुमति दिएको थियो । सो सीमाअनुसार बजारको माग धान्न नसकिने भन्दै आएका व्यवसायीले पछिल्लो समय सुन बिक्री नभएपछि सुन उठाउन छाडेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment