Comments Add Comment

जनक शिक्षाका कर्मचारीलाई पुनर्वहाली गर्न माग

६ कात्तिक, काठमाडौं । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रमा कार्यरत २ सय ३० जना कर्मचारीहरुलाई निष्काशन गरेकोमा अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघले विरोध जनाएको छ ।

केन्द्रले तलब दिन नसकेको भन्दै यही कात्तिक १ गते २ सय ३० जना कर्मचारीहरुलाई अवकास दिएको थियो ।

संघका केन्द्रीय संयोजक जन्मदेव जैसीले विहिबार वक्तव्य जारी गरी कर्मचारी निष्काशनविरुद्ध जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । विज्ञप्तिमा निष्काशित कर्मचारीहरुको पुनर्वहाली नभएसम्म आन्दोलन जारी राख्न अपिल गरिएको छ । केन्द्रले श्रम ऐन विपरित कर्मचारी निष्काशन गरेको संघको आरोप छ ।

‘सरकारी संस्थानलाई आफै टाट पल्टाएको सरकारले तलब दिन नसकेको बहानामा कर्मचारी निष्काशन गरेर आफैले बनाएको कानुनको आफै धज्जी उडाउँदैछ,’ विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment