Comments Add Comment

अमेरिकामा कांग्रेसी राजनीति तात्यो, नेतृत्वका लागि आधा दर्जन आकांक्षी

janasamparka-uk-logoडीसी । अमेरिकामा नेपाली कांग्रेसके राजनिती तातेको छ । नोभेम्बर २२ र २३ तारिखमा टेक्सासको डल्लासमा नेपाली कांग्रेसनिकट प्रवासी संगठन नेपाली जनसम्पर्क समितिको अधिवेशन हुने भएपछि कांग्रेसका प्रवासी कायर्कतार्हरू तातेका हुन् ।

सात वर्षपछि नेपाली जनसम्पर्क समितिको अधिवेशन हुन लागेको हो । आगामी तीन वर्षका लागि चयन हुने नयाँ नेतृत्वको लागि कांग्रेस महासमिति सदस्य आनन्द बिष्ट, पूर्व महासचिवद्वय डा. अर्जुन बन्जाडे, कृष्ण लामिछाने, समितिका वर्तमान संयोजक विष्णु सुबेदी र केन्द्रीय सदस्य प्रमोद सिटौला आकांक्षी देखिएका छन् ।

उप-सभापतिमा भने पूर्वसंगठन विभाग प्रमुख तथा महासमिति सदस्य चित्रा केसी, समितिका केन्द्रीय सल्लाहकार नारायण थापा र केन्द्रीय सदस्य मुनिन्द्र नेम्बाङ्गको चर्चा छ |

त्यस्तै समितिको महासचिव पदका लागि हालसम्म केन्द्रीय सदस्य धनन्जय नरसिंह केसी र समितिका मेरिल्याण्ड च्याप्टरका निवर्तमान सभापति सुभाष घिमिरे प्रचारप्रसारमा जुटेका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment