Comments Add Comment

नरेन्द्र मोदीमाथि नेपालीको फोटो चोरेको आरोप

bimal-facebook-status६ कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि एक नेपाली फोटोग्राफरको तस्वीर चोरेको आरोप लागेको छ ।

अमेरिकामा बस्ने गैर अावासासीय नेपाली विमल नेपालले आफ्नो फेसबुकमा राखेको दिपावलीको फोटो भारतीय प्रधानीमन्त्री मोदीको फेसबुकमा प्रयोग भएपछि प्रतिलिपि अधिकारको प्रकरण भारत र अमेरिकामा चर्किएको छ ।

बिमलले गत साल अाफ्नै निवासमा भएको दीपावलीको तस्वीर भन्दै फेसबुक वालमा तस्वीर पोष्ट गरेका थिए । जसमा अंग्रेजीमा ‘दिवाली लाइट्स इन आवर होम, क्याम्ब्रिज एमए’ लेखिएको छ । तस्वीरमा काठको भुँइमा राखिएका दीयोहरुमा चहकिलो वत्ती बलीरहेको सुन्दर दृष्य छ ।

बिमलले खिचेको तस्विर ।
बिमलले खिचेको तस्विर ।

सोही तस्वीर भारतीय प्रधानमन्त्री मोदीले आफ्नो फेसबुक पेजमा ‘धनतेरसको शुभकामना’ भन्दै प्रयोग गरेको नेपालको दावी छ । फोटोमा कालो दृष्यमा एस आकारमा द्धीप प्रज्वलित भएको देखिन्छ ।

मोदीले पोष्ट गरेको सो फोटोको माथि हिन्दी र अंग्रेजी भाषामा ‘धनतेरसको पावन अवसरमा सबै देशवासीलाई शुभकामना, यो पर्वले तपाइहरुको जीवनमा सुख, सम्बृद्धि र सुस्वास्थ्य लिएर आवोस्’ भनेका छन् ।

लगत्तै विमल नेपालले आफ्नो फेसबुक पेजमा नरेन्द्र मोदीलाई समेत  मेन्सन गर्दै भारतीय प्रधानमन्त्रीबाट आफ्नो फोटो बिना अनुमति र प्रतिलिपि अधिकारको वास्ता नगरी प्रयोग गरेको बताए ।

‘त्यहाँ फोटोग्राफरलाई किन क्रेडिट दिइएन ? कपिराइट इस्युमा जाँदा के होला, मोदीले फोटो प्रयोग गर्नुअघि सल्लाह वा अनुमति किन लिएनन् ? नेपालले प्रश्न उठाएका छन् ।

कसैको बौद्धिक सम्पत्ति प्रयोग गर्दा उसको अनुमति लिनुपर्ने प्राबधान छ । तर, मोदीले अनुमति लिनु त परै जाओस् तस्वीर खिच्ने बिमलको नामसमेत उल्लेख नगरेपछि यो मुद्दाले अहिले भारतीय मिडियामा स्थान पाएको छ ।

मोदीले धनतेरसमा दिएको शुभकामनामा प्रयोग भएको तस्वीर ।
मोदीले धनतेरसमा दिएको शुभकामनामा प्रयोग भएको तस्वीर ।

भारतको चर्चित दैनिक हिन्दुस्तान टाइम्सले बिमलले खिचेको तस्वीर र मोदीले शुभकामनामा प्रयोग गरेको तस्वीर तुलना गर्दै समाचार छापेको छ ।
उनले त्यो फोटो अमेरिकाको क्याम्ब्रिज म्यासाच्युसेट्सस्थित आफ्नो निवासको डाइनिङ रुममा अघिल्लो वर्ष दिपावली गर्दा छोरी अविनाको सहयोगमा खिचेको हिन्दूस्तान टाइम्सलाई बताएका छन् ।

‘त्यो फोटो मैले लिएको हुँ, मेटाडाटाको प्रयोगबाट केही फ्लिकर थपेर मोदीले आफ्नो फेसबुकमा राखेका हुन्,’ नेपालले भनेका छन् । उनले यसलाई अमेरिकाको प्रतिलिपि सम्बन्धी कानुनले संरक्षण गरेको बताएका छन् ।

विमल नेपालले आफूलाई भारतीय प्रधानमन्त्रीको ठूलो फ्यानका रुपमा प्रस्तुत गर्दै भनेका छन्-‘तर प्रधानमन्त्री मोदीले जसरी मेरो फोटोलाई प्रयोग गरेर फोटो क्रेडिट दिएनन् त्यो पूर्ण रुपमा अस्वीकार्य छ ।’

उनले आफूले यस प्रकरणमा अमेरिकी कानुन अनुसार क्षतिपूर्ति र उचित क्रेडिट खोजी गरिरहेको बताएका छन् । मोदीले त्यो फोटोमा आफ्नो नाम नराखी प्रयोग गरेकोमा उनको मुख्य आपत्ति हो ।

उनको यो मागलाई सामाजिक सन्जालमा धेरैले साथ दिएका छन् । नेपाललाई सामाजिक सन्जालमा धेरैले यो विषयलाई मोदीको कार्यालयसम्म पुर्‍याउन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment