Comments Add Comment

४८ अर्ब रुपैयाँले बढ्यो बैंकहरुको कर्जा

६ कात्तिक, काठमाडौं । चालू आर्थिक वर्षको सुरुवातदेखि नै बैंकहरुले सन्तोषजनकरूपमा कर्जा विस्तार गरेका छन् । गत वर्षको तुलनामा यो वर्षको भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा विस्तार ३.६ प्रतिशत अर्थात ४७ अर्ब ७६ करोड रुपैयाँले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Nepali moneyअघिल्लो वर्षको तुलनामा गत वर्ष भने १.१ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँले कर्जा बढेको थियो ।

वाणिज्य बैंकहरुको कर्जा लगानी ५.३ प्रतिशतले र वित्त कम्पनीहरुको २.३ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.२ प्रतिशत अर्थात ३५ अर्ब २१ करोड रुपैयाँले बढेको छ । गत वर्षको यस अवधिमा १.१ प्रतिशत अर्था १० अर्ब ८२ करोड रुपैयाँले बढेको थियो ।

विकास बैंकहरु वाणिज्य बैंकसँग मर्ज भएकाले विकास बैंकको कर्जा प्रवाह घटेको देखिएको हो ।
वाषिर्क विन्दुगत आधारमा भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्राम प्रवाहित कर्जा २१.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment