Comments Add Comment

नेताहरुको यो तालले संविधान आउँदैन : उपराष्ट्रपति झा

६ कात्तिक, काठमाडौं । उपराष्ट्रपति परमानन्द झाले प्रमुख दलका शीर्ष नेताहरु जिम्मेवार हुन नसकेकोले संविधानका विवादित विषयमा सहमति हुन नसकेको आरोप लगाएका छन् ।

विहीबार राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै झाले दलहरुले सहमतिको नाममा समय खेर फालेको टिप्पणी गरे । सहमतिको कुरा गर्नेले नै सहमति कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

आफू छिटो भन्दा छिटो बहिर्गमित हुन खोजेको पनि उनले सुनाए । माघ ८ गते नयाँ संविधान जारी भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिने उनको भनाइ छ । तर, दलहरुको पछिल्लो बेमेलले निर्धारित समयमा नयाँ संविधान आउनेमा उनले शंका व्यक्त गरे । ‘दलहरुको ताल देख्दा नयाँ संविधान आउनेमा शंका छ,’ उपराष्ट्रपति झाले भने, ‘माघ ८ पछि हामी हाम्रो स्थानमा नयाँ अनुहार देख्न चाहान्छौं ।’

संघीयताको मामिलामा संख्यालाई बटमलाईन बनाएर प्रस्तुत हुनु नै गलत भएको उनले टिप्पणी गरे । उनले भने, ‘संख्या बैठकभित्र भन्ने कुरा हो । दलहरुले बाहिर ल्याएर गलत गरे,’ झाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment