Comments Add Comment

ठमेलमा ‘होटल ओसो होम’, उद्योगमन्त्रीले गरे उद्घाटन, भने- सरकारसँग औद्योगिक चेतना छैन

Hotal-Oso-Home-Lunching-Programme

६ कात्तिक, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले सरकारसँग औद्योगिक चेतना नभएकै कारण नेपालमा उद्योग क्षेत्रको विकास हुन नसकेको ठोकुवा गरेका छन् ।

ठमेलको ज्याठमा खोलिएको ‘होटल ओसो होम’को उद्घाटन गदै मन्त्री बस्नेतले सरकारलाई व्यङ्ग्य गर्दै भने- व्यवसायीसँग होटल बनाएपछि शौचालय बनाउनुपर्छ भन्ने चेतना छ, तर सरकारसँग त्यस्तो चेतना अझैसम्म पलाएको छैन् ।

उद्योग मन्त्रालयलाई सधै हेलाको दृष्टिकोणले हेर्ने र सानो दलको भागमा पार्ने गरेको गुनासो गर्दै मन्त्री बस्नेतले यसपटक एमालेले उद्योग मन्त्रालयको जिम्मेवारी लिन पाएकोमा खुशी व्यक्त गरे ।

मन्त्री बस्नेतले उद्योग क्षेत्रको विकासका लागि सरकारले एक निर्वाचन क्षेत्र एक औद्योगिक क्षेत्र निर्माणका लागि प्रकृया थालेको र त्यसका लागि व्यवसायीहरुलाई बाटो, पानी, वत्ती, ढल आदि निर्माणका लागि सहयोग गर्ने आश्वासन दिएका छन् ।

शुन्य दशमलव ५ प्रतिशतमात्र बजेट पर्ने उद्योग मन्त्रालयका लागि आगामी वर्षबाट बजेट रकम चार गुणा वृद्धि गर्ने पनि बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल -टान)का अध्यक्ष रमेश धमलाले लगानीको वातावरण सरकारले बनाइदिए यस्ता होटलहरु बाषिर्क रुपमा दर्जनौं सञ्चालन हुँदै जाने ठोकुवा गरे ।

पर्यटन इलाका कमिटिका अध्यक्ष राजेन्द्र सापकोटाले ठमेल वेथितिले गुजि्रएको भन्दै यसलाई सुधार गर्नको लागि मन्त्रीस्तरीय पहल हुनुपर्ने जोड दिए । उनले उद्योगमन्त्री बस्नेतलाई ठमेल एउटा पर्यटकीय हब भएको भन्दै यहाँ देखिएका सडक, वत्ती, ढल, फोहोर तथा अन्य अस्तव्यस्तता हटाउन मन्त्रालयले पहल गरिदिनुपर्ने बताए ।

होटल ओसो होमका सञ्चालक तारानाथ लामिछाने ‘दिनेश’ले होटलमा गुणस्तरीय सेवा प्रदान गर्न कहिलै कन्जुस्याईं नगर्ने प्रतिवद्धता व्यक्त गरे । उनले होटलमार्फत रोजगारीको नयाँ ढोका खोल्न पाएकोमा खुशी समेत व्यक्त गरेका छन् ।
होटलमा १८ वटा रुम, सबै रुममा एयर कन्डिशन, तातो चिसो पानी, रेष्टुरेण्टको व्यवस्था रहेको छ ।

उद्घाटनको अवसरमा होटलले एक महिनाका लागि विशेष छुटको व्यवस्था समेत गरेको छ । पर्यटकलाई लक्षित गरि सञ्चालनमा ल्याइएको यो होटल अनुभवी टिमद्वारा सञ्चालन गरेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment