Comments Add Comment

‘जुवाडे’ छुटाउन ठूलाबडाको दौडधूप

सलमान खान

६ कात्तिक, भैरहवा । रुपन्देही प्रहरीले सीमा नाका बेलहिया बसपार्कस्थित दूर्गा मन्दिर नजिकैको घरमा जुवा खेल्दै गरेको अवस्थामा लाखौँ रुपैयाँसहित ९ जना जुवाडेलाई पक्राऊ गरेको छ । प्रहरीले बुधबार राति सिद्धार्थनगर नगरपालिका १ स्थित बेलहियाबाट साढे ३ लाख रुपैयाँ सहित ९ जना जुवाडेहरुलाई पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक एवम् अनुसन्धान अधिकृत प्रदीपबहादुर क्षेत्री नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा धिरेन्द्र क्षेत्रीको घरमा छापा मारेको थियो । प्रहरीले घरधनी क्षेत्री र नौं जना जुवाडेहरुलाई ३ लाख ४९ हजार ३ सय ३० रुपैयाँ सहित पक्रेको रुपन्देहीका प्रहरी उपरीक्षक राजेन्द्र ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

पक्राउ पर्नेहरुमा ४० वर्षीय देवराज न्यौपाने, ३७ वर्षीय दिलिप गुप्ता, ३५ वर्षीय सुरेश राना, ४१ वर्षीय रुद्र थापा, ३१ वर्षीय दुर्गा जयसवाल रहेका छन् । त्यस्तै ३६ वर्षीय विक्रम गुरुङ, २९ वर्षीय अमर गुरुङ, ३६ वर्षीय तिर्थ गुरुङ र ४० वर्षीय धिरेन्द्र क्षेत्री रहेको एसपी ढकालले बताए ।

पक्राऊ परेका व्यक्तिहरुलाई छुटाउनका लागि बिहानैदेखि नेता, उद्योगी लगायतका भैरहवा चर्चित व्यक्तिहरु जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा धाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment