Comments Add Comment

देउसी खेल्दै प्रचण्डसँग कार्यकर्ताले संविधान मागे

Deusi-Nach६ कात्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा देउसी खेल्दै संविधान मागेका छन् ।

एकीकृत नेकपा (माओवादी) जिल्ला सङ्गठन समिति काठमाडौको आयोजनामा भएको देउसी भैलो मार्फत अध्यक्षसँग कार्यकर्ताहरुले समयमै संविधान दिन आग्रह गरे ।

सङ्घीयतासहितको संविधान र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू पूरा गर्नका लागि तत्काल राजनीतिक सहमति जुटाउन भैलीमार्फत आग्रह गरिएको एमाओवादी काठमाडौ जिल्ला समितिका अध्यक्ष हिमाल शर्माले बताए ।

संविधानसभाबाटै संविधान जारी गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन र त्यसको नेतृत्व एमाओवादीले लिनुपर्ने अनुरोध गरिएको उनले बताए । तोकिएकै समयमा संविधान जारी गर्न आफ्नोतर्फबाट अधिकतम प्रयत्न गर्ने प्रचण्डले देउसी खेल्न आएका आफ्ना कार्यकर्ताहरुसमक्ष प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment