Comments Add Comment

सार्वजनिक सवारीमा गोली हानी आठ जनाको हत्या

quetta_bus_attack६ कात्तिक, काठमाडौ । पाकिस्तानको दक्षिण पश्चिम क्षेत्रको बलुचिस्तान प्रान्तमा बन्दुधकारीहरुले सार्वजनिक सवारीमाथि अन्धाधुन्ध गोली हानी आठ जनाको हत्या गरेको छ ।

क्वेटाको एक बजार छेउमा भएको उक्त हमलामा परि मारिने सवै शिया समुदायका नागरिक छन् । पछिल्लो केही वर्षदेखि सिया हजारा समुदायमाथि सुन्नी मुसलमानहरुको हमला बढी रहेको छ ।

प्रहरीलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाए अनुसार बन्दुकधारीले पहिला एक मिनिबसमाथि गोली प्रहार गरेका थिए ।

गोली लागि उक्त मिनिबसका ६ जनाको मृत्यु भएको थियो भने दुई जनालाई लखेटेर गोली हानी हत्या गरेको सुरक्षा अधिकारीले बताए । पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोगका अनुसार जातीय हिंसाका कारण एक दशकमा करिब दुई लाख क्वेटा छाडेर गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment