Comments Add Comment

‘खैरो चामल’ को उत्पादन सुरु

सलमान खान
७ कात्तिक, भैरहवा । प्राइम एडिबल प्रालिी अत्याधुनिक प्रविधिमार्फत ब्राउन राइस (खैरो चामल)को उत्पादन र बिक्री वितरण सुरु गरेको छ ।
सुगर तथा डाइबेटिजका विरामीहरुले समेत ब्राउन राइस खान मिल्ने भएकाले धेरैलाई फाइदा पुग्ने उत्पादकको भनाइ छ ।
ब्राउन राइस पोलिश नगरिएको चामल हो । हाल सर्वसाधारणले प्रयोग गर्ने साधारण चामल (सेतो) पोलिस गरिएको हुन्छ ।
बजारमा आएको परी ब्राउन राइस हालका लागी काठमाडौं उपत्यका र भैरहवा तथा बुटवलका डिपार्टमेन्टल स्टोरमा उपलब्ध हुने बताइएको छ । एक केजीको प्याकेटमा उपलब्ध हुने परी ब्राउन राइस उत्पादन गरेको ६ महिनाभित्र उपभोग गरिसक्नुपर्नेछ । यो चामलको खुद्रा मुल्य प्रतिकेजी १ सय १० रुपैयाँ रहेको छ ।
प्राईम एडिबल प्रालिको भैरहवा गल्लामन्डीमा अवस्थित चामल उद्योगको प्लान्टमा थप प्रविधि जडान गरी ब्राउन राइसको उत्पादन सुरु गरिएको हो । यस्मा कलर सटिङ तथा प्याकिङ र बन्डलिङ गर्ने  मेशिनहरु जापान, ब्राजिल, अमेरीका र भारतबाट ल्याइएको बताइएको छ ।
करिव ३७ करोड लगानी रहेको यो उद्योगबाट ब्राउन राइस उत्पादन क्षमता दैनिक ६ सय क्विन्टल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment