Comments Add Comment

महिला फोटो पत्रकारको तिहार अनुभव

श्रुति श्रेष्ठ र उमा विष्ट
श्रुति श्रेष्ठ र उमा विष्ट

फोटोपत्रकारितामा महिला उपस्थीति अब हातमा गन्ने अबस्थामा मात्र रहेन् ।
सार्वजनिक कार्यक्रममा महिला फोटोपत्रकार र भिडियोपर्सनको उपस्थीति अहिले बाक्लै देख्न सकिन्छ ।
तुलनात्मकरुपमा धपेडीयुक्त र कठिन यो पेशामा चुनौतीको सामना गर्दै सफलता हात पारेका केही महिला फोटोपत्रकारसँग हामीले कुराकानी गरेका छौं ।
तिहारको अबसर पारेर हामीले उनीहरुको तिहार योजना र तिहार मनाउने बिषयमा पनि कुरा गरेका थियौं ।
तिहार खासै रमाइलो लाग्दो रहेनछ श्रुति श्रेष्ठलाई । फोटोग्राफीमा दशक बिताएकी श्रुति घरमा धेरै काम गर्नुपर्ने भएकाले चाडको मज्जा लिन नपाएको बताउँछिन् । ‘नेवार परिवार भएर पनि होला असाध्यै धेरै काम गर्नुपर्छ, त्यहि भएर मलाइ रमाइलो लाग्दैन ।’ उनले भनिन् ।
तास खेल्नमा माहिर श्रुतिले अहिलेसम्म तास खेलेर हारेकी छैनन् । ‘मलाइ त असाध्यै दाउ लाग्छ । अहिलेसम्म तास खेलेर हार्नु परेको छैन ।’ एकजना आफ्नै भाइ र काकाका छोरा तीन जनालाई टिका लगाउँदै आएकी श्रुतिका ५ जना दिदी बहिनी छन् ।
बिबाह हुनु अगाडी दिदी बहिनीसंग मिलेर खुब तास खेल्ने गरेकी श्रुति अहिले पनि तास खेल्न समय कम भएको बताउँछिन् ।
आधा सपिङ गरेकी उमा विष्टले बुधवार पनि सपिङकै लागि समय छुट्याएकी रहिछन् । कामको चापकै कारण सपिङमा धेरै दिन लागेको भन्ने उमा फूलसँग खेल्दा निकै रमाउँछिन । ‘मलाई फूलसँग जोडिने जुन काम गर्दा पनि रमाइलो लाग्छ ।’ बिहीवार पनि बिहानभरि लक्ष्मी पूजाका लागि फूूलको माला उनेकी रहिछन् उनले ।

कविता थापा, सन्ध्या श्रेष्ठ र पूणिर्मा श्रेष्ठ
कविता थापा, सन्ध्या श्रेष्ठ र पूणिर्मा श्रेष्ठ

आमासँगै मिलेर लक्ष्मीको बाटो बनाउने र पूजा गर्ने काम पनि गर्छिन उनी । मिठाइ खान मन परेपनि बनाउन भने आउँदैन उमालाई । ‘मिठाइ त ममीले बनाउनु हुन्छ म त खाने मात्रै हो ।’ उनले भनिन् ।
जनकपुरको झिलीमिली याद आउँछ सन्ध्यालाई  
१० वर्षदेखी काठमाडौमै तिहार मनाउदै आएकी सन्ध्या श्रेष्ठलाई अहिले पनि तिहार भन्ने बित्तिकै जनकपुरको झिलीमिली याद आउँछ । काठमाडौमा प्रायः लोडसेडिङ भइरहने हुँदा पनि जनकपुर सम्झेको बताउने उमालाइ तिहार जत्तिकै मन पर्ने अर्को चाड हो, छठ ।
तिहार र छठमा विभिन्न रंग र पिठोको सहयताले कलात्मक चित्र बनाउँदा उनलाई रमाइलो लाग्छ । तर, तिहारभरि उनको क्यामेरा थन्किदो रहेछ । ‘घरको काम गरेरै फुर्सद हुन्न कतिवेला फोटो खिच्नु ? म त क्यामेरा पोको पारेर राख्छु ।’ उनले भनिन् ।
गाउँ जाँदा झ्याल छेउको सिट
गाउँ जाँदा झ्याल छेउको सिट बुक गर्ने गरेकी पुणिर्मा गाउँमा जाँदा क्यामेरा बोक्न छुटाउँदिनन् । गोरखा आरुघाटकी पुणिर्मालाई लाग्छ ‘आफ्नो गाउँमा जता फर्किएर फोटो खिचे पनि राम्रो आउँछ ।’
आफ्नो फोटो हेरेर एक मिनेट भएपनि कोही अल्मलियोस् भन्ने पूणिर्माले तिहार र दसैंको बेला काका काकीको घरमा फोटोग्राफीको काम पनि गरिदिन्छिन् । ‘यसपाली पनि टिका लगाएको बेलाको फोटो मैले नै खिचिदिनुपर्छ ।’ आफुले दाइलाई टिका लगाएको फोटो भने बैनिलाई खिच्न लाउछिन ।
हरेक दिन भक्तपुरवाट लोकल बस चढेर कार्यालय आउने-जाने गर्छिन कविता थापा । ‘बाटोमा केही फोटो भेटिन्छ कि भन्ने आश लाग्दो रहेछ त्यसैले झ्यालकै सिट रोज्छु ।’ उनले भनिन् ।
कबिताका भाउजुको दाजुभाई छैनन् । त्यसकारण उनी हरेक वर्ष दाइसंगै भाउजुलाई पनि टिका लागाइदिन्छिन् ।
भाउजुको दाजुभाइ नभएकाले आफैले बैनि बनेर टिका लगाइदिएको बताउने  कबिता भाउजुहरुलाइ पनि दाजुको मान्यता दिन नेपाली समाज कन्जुस भएकोमा दुखि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment