Comments Add Comment

देउसेलाई दक्षिणा दिँदै मन्त्रीहरुले भने-संविधान माघ ८ मै

Bimalendra-Nidhi७ कात्तिक, काठमाडौं । सिंगो नेपाली समाज दिपावली र नेपाल सम्बत आगमनको खुसियालीमा रमाइरहेका बेला नेपाल सरकार मन्त्रीहरु पनि देउसी भैलो खेल्नेहरुलाई दक्षिणा दिदै माघ ८ मा संविधान दिलाउने बाचा गरिरहेका छन् ।
ऋषि धमलाको रिपोर्टर्स क्लवको तर्फबाट देउसी खेल्दै मन्त्री क्वार्टर पुल्चोक पुगेका पत्रकारहरुलाई मन्त्रीहरुले गच्छे अनुसारको दक्षिणा मात्र दिएनन्, पत्रकारहरुसँग देउसिरे नाचे ।
देउसेसँगै नाच्दै आवास तथा भौतिक पुर्वाधार मन्त्री विमलेन्द्र निधीले देउसेको आशिष माघ ८ मै संविधान बनोस भन्ने हुनुपर्ने बताए ।
उनले प्रक्रिया, सहमति वा सम्झौता जे उपाय गरेर भने पनि माघ ८ मा मुलुकलाई नयाँ संविधान दिने बताए ।
उनले भने-सबै विषयमा सबैको सहमति असम्भव छ । प्रक्रियामा जादा विवाद हुन्छ भने सम्झौता गरेर संविधान बनाउन सकिन्छ । जहाँ विगतका सम्झौताहरुको जगमा टेकेर दलहरुले आ आफ्नो जनमतका आधारमा सम्झौता गर्नुपर्छ ।
उनले प्रदेशको संख्यामा विवाद भइरहेको भन्दै पहिले केन्द्रीय निर्वाचन क्षेत्र निर्धारण गरेर त्यस अनुसार प्रदेश बिभाजन गर्न सकिने उपाय सुझाए ।
स्वास्थ्य मन्त्री खगराज अधिकारीले सात प्रदेशभन्दा माथि जान नसकिने भन्दै सबै पक्ष लचिलो हुँदा संविधान जारी गर्न समस्या नरहेको बताए । उनले शासकीय स्वरुपमा एमाले लचिलो हुन तयार रहेको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment