Comments Add Comment

आगलागीबाट ६० लाख क्षति

७ कात्तिक, इटहरी । इटहरी नगरपालिका-१ स्थित सङ्गीत चोकका लेखनाथ पराजुलीको दुईतले घरमा बिहीबार राति आगो लाग्दा झन्डै ६० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ ।

माथिल्लो तलामा कोठा भाडामा बस्ने ट्रयाक्टर चालकले लक्ष्मीपूजाका लागि बालेको मैनबत्तीबाट आगलागी सुरु भएको थियो । आगलागी बिस्तारै खाना पकाउने एलपी ग्यास सिलिन्डरको पाइप सल्केर फैलेको थियो ।

धरान र इनरुवाका वारुणयन्त्र र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । आगलागी भएको केही क्षणमै आगो निभाउन सफल भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment