Comments Add Comment

मुस्लिम र हिन्दु मिलेर तिहार मनाउँदै

७ कात्तिक, बर्दिवास । महोत्तरी जिल्लाका गाउँनगर बस्तीका इस्लाम धर्मावलम्बीले पनि दीपावली पर्वमा उत्साहपूर्ण सहभागिता जनाएका छन् । तिहारको देउसीभैलो कार्यक्रममा मुस्लिम समुदायका युवा सहभागी भएका छन् ।

तिहारमा इस्लाम धर्मावलम्बी युवाको सहभागिताले आपसी सद्भाव बृद्धिमा सहयोग पुगेको स्थानीयले बताएका छन् ।

जिल्लाका सघन बस्तीका बर्दिवास, सीतापुर, सम्सी, मटिहानी, रामगोपालपुर, औरही, गौशालाजस्ता बजार क्षेत्रमात्र नभई जिल्ला सदरमुकाम जलेश्वर नगरका बस्तीमा पनि मुस्लिम र हिन्दु युवाहरु मिलेर तिहार मनाइरहेका छन् । उनीहरु सँगसँगै देउसीभैलो खेल्न र घर झिलिमिली पार्न मग्न छन् ।

दीपावली पर्वमा खासगरी युवाले गर्ने रमाइलोमा हिन्दु र इस्लाम युवा बराबरी देखिने गरेको भङ्ताहा-३ का ८० वर्षीय अलिमन राइनले बताए ।

इदुलफित्र, इद-उल-जोहा, मुहर्रम र सवेबरातजस्ता आफ्ना पर्वमा हिन्दु युवाको हुने सक्रिय सहभागिताले आफूहरूलाई हिन्दुले मनाउने चाडबाडमा सहभागी हुन प्रेरित गरेको मुसलमान युवाको भनाइ छ ।

एउटै बस्तीका बासिन्दा भएकाले एकार्काको पर्वमा सहभागी हुँदा सामाजिक सम्बन्ध प्रगाढ हुनका साथै दुःख-सुख बाँड्ने कुरामा आपसी सहयोग बढ्ने गरेको हसिर्वा-७ का ३० वर्षीय  इस्लाम अन्सारीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment