Comments Add Comment

साहरुखको फिल्म हेर्न प्रचण्ड परिवारसहित हलमा

Prachanda in khula Manch
७ कात्तिक, काठमाडाैं । आजबाट २ नेपाली सिनेमासँगै बलिउडका बादशाह साहरुख खानको बहुप्रतिक्षित चलचित्र ‘ह्याप्पी न्यू ईयर’ नेपालमा प्रदर्शनमा आएको छ । सिनेमा सुरू भएकै दिन एमाअाेवादी अध्यक्ष प्रचण्ड हलमा पुगेका छन् ।

भारतमा पनि उच्च ओपनिङ गरेको यो सिनेमा विश्वभर प्रदर्शन शुरू भएको छ । नेपाली दर्शकमाझ सिनेमाको क्रेज उच्च देखिएको छ । यही क्रममा, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साहरुख खानको यो सिनेमा हेर्न हल पुगेका हुन् । काठमाण्डौको बीग सिनेमामा आफ्ना सुरक्षा बलसहित प्रचण्ड सिनेमा हेर्न पुगेका हुन् । उनको साथमा पत्नी सीता र छोरा प्रकाश पनि छन् ।

शुक्रबार दिउँसाे १ बजेको शो हेर्न प्रचण्ड परिवार हलमा पुगेको अनलाइनखबरलाई प्राप्त भएको छ । फराहा खानको निर्देशनमा बनेको यो सिनेमा हेर्न नेपाली हलहरुमा पनि दर्शकको चाप निक्कै राम्रो रहेको वुझिएको छ ।
आजबाट नेपाली २ सिनेमा ‘लज्जा र स्टूपिड मन’ पनि हलमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment