Comments Add Comment

दीपावलीमा यस्तो देखियो काठमाडौंको तस्वीर

७ कात्तिक, काठमाडौं । लक्ष्मीपूजाको राति ९ बजेतिर अनलाइनखबरका पत्रकार सिंहदरबारभित्र छिर्दा त्यहाँ अर्थलगायतका विभिन्न मन्त्रालयमा झिलीमिली बत्ती बलिरहेको थियो ।night photo  (14)नेपाल विद्युत प्राधिकरणले बिजुली नबाल्नु भने पनि सिंहदरबारलेसमेत उसको आदेश मानेन । सूचना तथा सन्चार मन्त्रालय, भौतिक योजना तथा यातायात लगायतका मन्त्रालयका भवनहरु पनि झिलीमिली थिए ।Kathamandu Valley-from-swyambhunight photo  (4)राजधानीवासीले दिपावलीमा बत्ती नबाल्नु भन्ने प्राधिकरणको आदेशलाई प्राकृतिक न्याय विपरीत सम्झे । काठमाडौं शहर विगतका वर्षभन्दा यसवर्षको तिहारमा बढी नै झलमल्ल देखियो ।night photo  (1)night photo  (7)night photo  (5)गृहमन्त्रालयले राति ७ बजेपछि देउसी नखेल्न उर्दी गरेको थियो । पछि उसले ९ बजेसम्म खेल्न सकिने बताएको थियो । तर, विहीबार रातभरि नै देउसी भैलो खेलेका दृश्यहरु राजधानीमा देखिए । राजधानीमै गृहको आदेश लागू नभएपछि मोफसलमा लागू हुने कुरै भएन ।night photo  (16)प्रहरीले पटका नपड्काउन र झिरझिरे नबाल्न आदेश गरे पनि प्रहरीको आदेशलाई चुनौती दिँदै आकाशमा उड्दै पटक-पटक पडि्कइरहेका देखिन्थे । केटाकेटीहरुले झिरझिरे बाले । पटका पड्काए । यद्यपि पटकामा विगतको भन्दा कमै खर्च भएको अनुमान लगाउन सकिन्छ ।

night photo  (17)दिपावलीमा काठमाडौं शहर विगतको भन्दा बढ्ता झिलिमिली देखिनुमा हालै जडान गरिएका सडक बत्ती पनि हुन् । सडकमा सोलारको माध्यमबाट बत्तीहरु जडान गरिएकाले काठमाडौंका सडकहरु दिपावलीमा धपक्कै बलेको देखियो ।

night photo  (18)

राजधानीमा ठडिन थालेका गगनचुम्बी महल र तिनमा सजाइएको झिलीमिलीले पनि यो शहरलाई थप झकिझकाऊ बनायो ।

night photo  (11)

 तस्वीरहरू : श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment