Comments Add Comment

९ र १० गते निर्णायक वार्ता : डा. भट्टराई

७ कात्तिक, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आगामी कात्तिक ९ र १० गते संविधानका विवादित विषयमा दलहरुबीच निर्णायक वार्ता हुने बताएका छन् ।

baburam bhattarai
देउसी भैलो टोलीसँग डा. बाबुराम भट्टरार्इ । तस्वीर : भट्टरार्इको ट्वीटर

पत्रकारहरुको देउसी भैलो टोलीसँग शुक्रबार राजधानीमा कुराकानी गर्दै भट्टराईले दलहरुबीच विवादित विषयहरुमा धेरै मत-मतान्तर कम भएकाले आगामी बैठक सार्थक हुने विश्वास व्यक्त गरे ।

संविधान निर्माणको महत्वपूर्ण कार्यमा सबै दल खटिरहेको र गोकर्णको आवासीय बैठकले पनि सहजीकरण गरेको उनको भनाइ थियो ।

ओली-भट्टराई भेट

यसैवीच एमाले नेता केपी अाेलीसँग डा. भट्टरार्इले शुक्रबार भेटवार्ता गरेका छन् ।  फरक विचारबीच सहमति कायम गर्न कठीन भएको भन्दै भट्टराईले निर्णायक वार्ता अघि सबै विवादित विषयमा सहमति जुटाउन दलका नेताहरुसँगको भेटवार्तालाई तिब्रता दिएको जानकारी दिए ।

एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री भट्टराईले शुक्रबार एमाले अध्यक्ष केपी ओलीसँग गाैशालामा भेटवार्ता गरेका हुन् ।

भट्टरार्इले प्रधानमन्त्री सुशील कोइराला, निर्वाचन आयोगका पदाधिकारी र कानुनका जानकारहरुसँग पनि परामर्श गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment