Comments Add Comment

एडीबीको निर्भरता घटाउन चीनमा खुल्यो ‘एआइआइबी’

Signing ceromony of AIIBचीनको अगुवाइमा शुक्रबार एशियाका २१ देशले नयाँ बैंक स्थापना गर्ने सहमतिपत्रमा बेइजिङमा हस्ताक्षर गरेका छन् ।

७ असोज, काठमाडौं । चीन, नेपाल र भारतसहित एशियाका २१ देशका अर्थमन्त्रीले एसियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआइआइबी) स्थापनाका लागि बेइजिङमा शुक्रबार हस्ताक्षर गरेका छन् ।
नेपालसहित २१ देशका अर्थमन्त्रीले शुक्रबार बेइजिङको ग्रेट हल अफ द पिपुलमा एक समारोहका वीच यस्तो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिन पिङको उपस्थितिमा भएको सम्झौतामा नेपालका तर्फबाट  अर्थमन्त्री डा. रामशरण महतले हस्ताक्षर गरेका छन्

बैंक स्थापना गरी आगामी २०१५ भित्रै सञ्चालनमा ल्याउने  उक्त समझदारीपत्रमा उल्लेख छ । चिनियाँ राष्ट्रपति सी जिन पिङको उपस्थितिमा भएको सम्झौतामा नेपालका तर्फबाट  अर्थमन्त्री डा. रामशरण महतले हस्ताक्षर गरेका छन् ।
चीनका राष्ट्रपति सीको उपस्थितिमा अर्थमन्त्रीहरुले उक्त बैंक स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । बैंकको स्थापनाका लागि यस क्षेत्रका २१ मुलुकहरुले समझदारी पत्रमा औपचारिक हस्ताक्षर गरेका छन् ।2014-10-24T034450Z_1_LYNXNPEA9N04J_RTROPTP_2_CHINA-AIIB

कुन कुन देशले गरे सहमति ?
बैंक स्थापनाको समझदारीमा हस्ताक्षर गर्ने देशहरुमा नेपाल, भारत, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान, काजकिस्तान, कुवेत, सिंगापुर, मलेसिया, भियतनाम, उज्वेकिस्तान, भूटान, मंगोलिया, म्यानमार, ओमन, कतार, फिलिपिन्स, लाओपीडीआर छन् ।
इण्डोनेसिया, दक्षिण कोरिया र अष्ट्रेलियाका अर्थमन्त्री हस्ताक्षर कार्यक्रममा उपस्थित थिएनन् । अनुपस्थित यी मुलुकले पनि मन्त्रिपरिषदबाट निर्णय गर्न बाँकी रहेकाले हस्ताक्षर समारोहमा उपस्थित हुन नसकेको बताइएको छ ।

यो बैंक स्थापनापछि एडीबी र विश्व बैंक माथिको निर्भरता एशियाली देशमा कम हुने अनुमान गरिएको छ

यो बैंक स्थापनापछि एशियन डेभलपमेन्ट बैंक (एडीबी) र विश्व बैंक माथिको निर्भरता एशियाली देशहरुमा कम हुने अनुमान गरिएको छ । XiJinping

तर, विभिन्न मुलुकका प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सी जिन पिङले विश्व बैंक र एसियाली विकास बैंकमा भएका राम्रा अभ्यासहरुलाई यस नयाँ बैंकले पनि प्रयोगमा ल्याउने बताए ।
राष्ट्रपति सीले एआईआईबीले यस क्षेत्रको पूर्वाधार निर्माणमा आवश्यक पर्ने स्रोतको आपूर्ति गर्ने र त्यसलाई सरल  र सहज ढंगले उपलब्ध गराउने बताए ।
प्रतिनिधिमण्डका सदस्यहरुलाई बेग्लै भेटेर राष्ट्रपति सीले यस बैंकलाई एशियाली देशहरुको पूर्वाधार निर्माणमा अपुग स्रोत परिचालनमा सशक्त भूमिका निर्वाह गर्ने आश्वासन दिएको बुझिएको छ ।
चीनको अगुवाइमा भएको यस बैंकको स्थापनामा सक्रिय सहभागिता जनाउने सबै देशहरुलाई राष्ट्रपति सीले धन्यवाद दिएका छन् ।

के छ समझदारीपत्रमा ?
photo (1)बैंक स्थापनासम्बन्धीे समझदारीपत्रमा उल्लेख गरिएअनुसार एआइआईबीले विश्व बैंक तथा एसियाली विकास बैंकसँग प्रतिस्पर्धा गर्ने नभई यस क्षेत्रका पूर्वाधार तथा अन्य विकासका चुनौतीहरुलाई सामना गर्न परिपूरक संस्थाको रुपमा काम गर्नेछ ।
यस बैंकमा चीनले ५० अर्ब डलर सेयर हिस्सा राख्ने भएको छ ।  यसको कुल पुँजी करिब १०० अर्ब डलर बनाउने तयारी भैरहेको छ ।
बैंककाे प्रधान कार्यालय बेइजिङमा राख्ने सहमति भएकाे छ ।
बैंक स्थापनामा हस्ताक्षर गर्न बेइजिङ पुगेका अर्थमन्त्री डा. महत शनिबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment