Comments Add Comment

नेपाली चेली अमेरिकी संसदको चुनावी दौडमा

विजय थापा

amrita regmi७ कात्तिक, भर्जिनिया । आगामी नोभेम्बर ४ तारिखमा अमेरिकामा हुने निर्वाचनको लागि डेमोक्रेटिक दलको तर्फबाट नेपाली चेली डा.अमृता अमृता रेग्मी चुनावी प्रतिस्पर्धामा रहेकी छिन् ।

अमेरिकामा नागरिकता लिएका नेपाली मुलका अमेरिकनहरु अमेरिकाको राजनीतिक मुलधारमा भने आउन सकेका छैनन् । अमृताले डेमोक्रेटिक दलबाट एटलान्टा जर्जियास्थित प्रतिनिधिसभा सदस्यको लागि प्रतिस्पर्धा गर्दछिन् ।

यसअघि अमेरिकी संसदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका दर्शन रौनियारलगायतका नेपालीहरूले पराजय ब्यहोरेको भए पनि डा.रेग्मीले जित्ने सम्भावना भने रहेको बताइएको छ । जर्जिया क्षेत्र रिपब्लिकनहरुको गढ भएता पनि यसअघिबाट तोडिएको छ ।

नेपालकी छोरी डा अमृता रेग्मीको उम्मेदवारीमा आफ्नै दलको कुनै पनि व्यक्ति प्रतिस्पर्धामा नभएको कारण यो चुनाबमा अमेरिकामा नेपाली मुलको सुनौलो इतिहास रच्ने अवसर सिर्जना हुन् सक्ने सम्भावना बढेर आएको बताइएको छ । उनले प्रथम चरणको निर्वाचन जितिसकेकी छिन् उनी दोश्रो चरण पुग्ने पहिलो नेपाली मुलकी भएकी छिन् ।

काठमाडौँमा जन्मिएकी डाक्टर अमृता रेग्मीले लामो समय अन्तर्राष्ट्रिय विकास परामर्शदाताको रुपमा काम गर्दै आएकी थिइन् । जर्जियामा रहेको पिचट्री कर्नर जोनिङग बोर्ड अफ अपिल तथा अन्य संस्थामा नेतृत्वदायी भूमिका निर्बाह गरेकी रेग्मीको चुनावी अभियानलाई जर्जियामा रहेका नेपालीहरुले पनि सघाइरहेका छन् ।

अमेरिकाको तल्लो सदनको प्रतिनिधि सभाको लागि उम्मेदवार नेपालीमुलबाट पहिलो पटक दर्शन रौनियार अमेरिकाको उम्मेदवारी दिएका थिए । उनी निर्वाचनमा पहिलो चरणबाटै बाहिरिएका थिए । उनले तीन हजार ५ सय ३० मत मत अर्थात कुल मतको ३ प्रतिशत मत प्राप्त गरि प्राथमिक चरणमा पराजित भएका थिए । उनले २०१२ मा वाशिंगटनको क्षेत्र जिल्ला १ बाट आफ्नो उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा रिपब्लिकनका उम्मेदवार कोस्टर जोनले ४५ प्रतिसत मत हासिल गरेका थिए ।

यस्तै, सन् २०१३ मा म्यारिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने एचबी भण्डारीले अमेरिकन प्रतिनिधि सभाका लागि जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पनि पहिलो चरणबाटै बाहिरिन पुगेका थिए । भण्डारी बाल्टिमोरको एउटा सामुदायिक महाबिद्यालयमा अंग्रेजी बिषय पढाउँछन । नेपाली र अंग्रेजी दुवै भाषामा कलम राम्रो चलाउँछन भने डेमोक्राटिक दलको भातृ संगठनको युवा विभागका सचिब पनि छन् ।

म्यारिल्याण्ड क्षेत्रबाट भण्डारीले तीन हजार ८२८ मत अर्थात १५ दशमवल ६ प्रतिशत मत ल्याए । सो क्षेत्रबाट बिजयी हुने उम्मेदवारले झन्डै १९ प्रतिसत मत ल्याई पहिलो चरणको निर्वाचनमा बिजयी भएका थिए । बिजयीहरुको दोश्रो चरणको निर्वाचन यही नोवेम्बर ४ तारिखमा हुदैछ ।

 गत जुन ३० मा क्यानाडामा भएको निर्वाचनमा नेपाली मुलका र क्यानाडामा जन्मिएका दोश्रो पुस्ताका बेन्जामिन शर्मा पनि आखिर निर्वाचनमा पराजय भोग्नुपर्यो । पहिलो पुस्तामा ह्यारी एचबी भण्डारी तथा दर्शन रौनियार भएतापनि दोश्रो पुस्ताका शर्माप्रति नेपाली समुदाय ज्यादा आशाबादी भएता कन्जरभेटिव दलको प्रतिनिधित्व गर्दै केवल २ हजार २२ मत अर्थात् कुल मतको ५ दशमवल ४३ प्रतिशत मात्र प्राप्त गरि पराजित भएका थिए । बेन्जामिन शर्मा सम्भवत क्यानाडाको संसदको लागि उम्मेदवार दिने पहिलो नेपाली हुन् ।

 राजनीति र पैसा

हुन त अमेरिकामा चुनाब जित्न जति पैसा मतदाताबाट संकलन गर्न सक्यो उम्मेवारको प्रतिष्ठा र गौरब बढ्छ । जसलाई अमेरिकामा त्यसलाई राम्रो मानिन्छ । चुनावका लागि जहाँ पनि पैसा चाहिन्छ । अमेरिकामा रकम लिँदा पनि अत्यन्तै पारदर्शी हुन्छ । आफूलाई उम्मेदवार बनाएर जनताबाटै रकम र मत दुवै उठाइन्छ ।

अमेरिकामा राजनीतिमा प्रणालीले नै चलाइदिन्छ र उम्मेदवारले पद्धतिको पालना गर्नुपर्छ । पालना नगरे उम्मेदवारी नै खारेज हुन्छ । पारदर्शिताका लागि कुन व्यक्तिका लागि कहाँबाट कति पैसा उठाएको छ भनेर उम्मेदवारले पारदर्शिता देखाउनुपर्छ ।

 चन्दा उठाउँदा १८ वर्षमाथिका नागरिकबाटै उठाउनुपर्छ । प्राथमिक उम्मेदवारलाई एक व्यक्तिले ५ हजार डलरसम्म दिन सक्ने हुन्छ भने कर नतिरेको व्यक्तिले पैसा दिन पाउँदैन । एक व्यक्ति या संस्थाबाट मोटो रकम दिदा उम्मेदवारको गौरब बढ्नु भन्दा ५ डलर या ५० डलर अधिकांश मतदाता या व्यक्ति या संस्थाले दिए उम्मेदवारको गरिमा वृद्धि हुन्छ ।

 भर्जिनियाको लाउडन काउन्टी डेमोक्रेटिक दल डलस जिल्लाका सभापति नेपाली मुलका लेखा परीक्षक हरी शर्माले अमेरिकाको निर्वाचनमा नेपालीहरुले बढी हतार गरेकाले समस्या देखिने गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment