Comments Add Comment

सरकारमा नजाने विजय गच्छदारको स्पष्टीकरण

फाइल फोटो
फाइल फोटो

८ कात्तिक, बिराटनगर । प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चामा रहेका  मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान नबनाई सरकारमा सहभागी नहुने बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले गच्छदारलाई सरकारमा ल्याउने तयारी भइरहेको बताएका बेला गच्छदारले यस्तो स्पष्टीकरण दिएका हुन् । यसैसाता एमाले अध्यक्ष केपी ओलीले गच्छदारलाई माघ ८ अगावै सरकारमा ल्याइने विदेशी कूटनीतिज्ञसँगको छलफलमा बताएका थिए ।
सत्तालोलुप नेताको आरोप लाग्दै आएका गच्छदार कुनै पनि बेला सरकारमा जान्छन् कि भन्ने प्रचण्डले समेत आशंका गर्दै आइरहेका छन् ।
शुक्रबार बिराटनगर पुगेका गच्छदारले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै  अहिले आफ्नो पार्टीको सम्पूर्ण ध्यान संविधान निर्माणमा केन्दि्रत भएको बताए ।
गच्छदारले सङ्घीयता, शासकीय स्वरूप र न्याय प्रणालीजस्ता मूलभूत विषयमा सहमति कायम गर्न पार्टीको ध्यान केन्दि्रत भएको बताउँदै संविधानका विवादित विषय जनमत सङ्ग्रहबाट नभई राजनीतिक सहमतिबाटै टुङ्ग्याउनुपर्नेमा बताए ।
उनले केपी ओलीबाट ३/४ प्रदेश बनाउने भन्ने कुरा आउनु हठवादी चिन्तन भएको आरोप लगाउँदै आन्दोलनकारीको भावना सम्बोधन हुने संविधान निर्माण भए त्यो दिगो हुने दाबी गरे । तर, संविधान जारी गर्ने माघ ८ गतेको मितिमा कुनै परिवर्तन नहुने उनले स्पष्ट पारे ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले २२ दलको गणतान्त्रिक मोर्चाको संयोजकको हैसियतले एमाओवादी अध्यक्ष प्रचण्डले ठूला तीन दलको वार्तामा प्रतिनिधित्व गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment