Comments Add Comment

पहिलो अन्तराष्ट्रिय सतकसँगै मलेसियामा चम्किए ज्ञानेन्द्र

gyanendra-malla_satak९ कात्तिक, क्वालालम्पुर । नेपाली क्रिकेट टीमका उपकाप्तान ज्ञानेन्द्र मल्लले आईसीसी क्रिकेट लिग डिभिजन ३ अन्र्तगत आइतवार सिंगापुरविरुद्धको खेलको सतक पुरा गरेका छन् ।
सिंगापुरको १२५ बलको सामना गर्दै ज्ञानेन्द्रले एक छक्का र १३ चौकाको मद्दतले ११४ रन जोड्न सफल भए । जारी प्रतियोगितामा यो नै पहिलो सतकीय रेकर्ड हो ।
ज्ञानेन्द्र आफैका लागि पनि अन्तराष्ट्रिय एकदिवसीय प्रतियोगिताको पहिलो सतक हो । यसअघि पारस खड्का, सुवास खकुरेलसहित ५ जना खेलाडीले अन्तराष्ट्रिय सतक प्रहार गरेका थिए ।
खेलपछि अनलाइनखबरसँग कुरा गर्दै ज्ञानेन्द्रले भने ‘देशको लागि रन हान्नु ठूलो अपलब्धी हो, अन्तराष्ट्रिय प्रतियोगितामा मेरो पहिलो सतक भएकाले पनि निकै खुसी छु ।’
अब अमेरिका र मलेसियासँग राम्रो खेलेको खण्डमा नेपालको क्रिकेटको उचाई अझ बढ्ने उनले बताए । ‘हामीले हरेक खेलमा सत प्रतिशत मेहेनत लगाएर खेलेका छौं, मलेसिया नौलो प्रतिद्दन्दी होईन, त्यसैले आशावादी भएर खेल्नेछा ।’ उनले भने ।

ज्ञानेन्द्रमा अझै धेरै क्षमता छः पारस
ज्ञानेन्द्रको आजको खेलप्रति कप्तान पारस खड्का निकै उत्साहित देखिन्थे । अनलाइनखबरसँग कुरा गर्दै पारसले भने-‘आजको खेल निकै राम्रो भो, ज्ञानेन्द्र राम्रो खेलाडी भएपनि सतक हान्न सकेको थिएन । तर, आज सतक हान्यो, उसमा अझै क्षमता छ ।’
खेलमा सबैले उत्तिकै राम्रो खेलेको भन्दै पारसले बलरहरुको प्रस्तुतीबाट पनि आफु सन्तुष्ट रहेको बताए । ‘आज हाम्रो लागि निकै प्रफेक्ट गेम भयो । भर्खर २ वटा खेल जितेका छौं, गर्न धेरै बाँकी छ । सकारात्मक सोंचेर अघिबढौं पक्कै सफल भइन्छ ।’ पारसले भने ।
यस्तै खेल दोहोर्‍याउन आफ्नो टीमले सक्दो कोसिस गर्ने उनले बताए । पछिल्लो दुई खेल राम्रो भए पनि तपाइको ब्याटिड जम्न सकेन नी भन्ने प्रश्नमा पासरले भने-‘खेल हो, सधै रन हान्छ भन्ने छैन, जसले रन हाने पनि टीमले जित्छ त्यो नै राम्रो हो ।’

यो पनि पढ्नुहोस्

नेपालले सिंगापुरलार्इ १९० रनले हरायो, अंक तालिकामा नेपाल दोस्रो

बिरानो मलेसिया जब घरेलु मैदानझैं बन्यो (फोटो कथा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment