Comments Add Comment

कैदीबन्दीलाई सामूहिक भाईटीका

९ कात्तिक, म्याग्दी ।  जिल्ला कारागार शाखा म्याग्दीका कैदीबन्दीले यस वर्ष सामूहिक भाइटीका लगाएका छन् ।
बिम गाविस-२ तल्लो गाउँ स्थाई घर भई हाल बेनी बजारमा बस्दै आएकी विश्व शेरचनले कारागारका ५० जना कैदीबन्दीलाई सामूहिक भाईटीका लगाइदिएकी हुन् ।
आफ्नो भाइ भूपेन्द्र शेरचन विदेशमा रहेकाले जेल जीवन विताइरहेकालाई दाजुभाइ बनाएर टीका लगाएदिएको शेचरनले बताइन् ।
घरमा आफ्नो दिदीबहिनी भएपनि विषेश कारणले आउन नसकेको अवस्थामा कारागारमै सामूहिक टीका ग्रहण गर्न पाउँदा घरमै भएको अनुभूति भएको कैदीबन्दीले बताएका छन् ।
म्याग्दी कारागारमा ८५ जना पुरुष र चार महिला रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment