Comments Add Comment

आलु बेचेर विद्यालयमा कोष स्थापना

९ कात्तिक, म्याग्दी । म्याग्दीको चिमखोलास्थित अमर माविका विद्यार्थीले आलु बेचेर विद्यालयमा एक लाख रुपैयाँभन्दा बढीको अचल कोष स्थापना गरेका छन् ।
प्रत्येक वर्ष बर्खे सिजनको आलु भित्र्याएपछि विद्यालयले आयोजना गर्ने ‘कसको आलु ठूलो’ प्रतियोगितामा सहभागी हुन विद्यार्थीले ल्याएको आलु बेचेर कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्न कोषको स्थापना गरिएको हो ।
विसं २०६८ देखि वाषिर्करुपमा आयोजना गरिँदै आएको कसको आलु ठूलो प्रतियोगितामार्फत कोषमा हालसम्म एक लाख १४ हजार ४ सय १५ रुपैयाँ जम्मा भएको विद्यालयका शिक्षक कर्ण खत्रीले जानकारी दिए ।
प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा ठूलो आलू ल्याउने विद्यार्थीलाई पुरस्कृत पनि गरिने व्यवस्था गरिएको छ ।
अचल कोषको रकम वृद्धि गर्ने उद्देश्यले तिहारको अवसरमा विद्यालयले सदरमुकाम बेनी, गलेश्वर, पिप्ले र चिमखोलामा देउसीभैलो कार्यक्रम पनि सञ्चालन गरेको छ । जसबाट पाँच लाख रुपैयाँ सङ्कलन गरी कोषमा रकम थप गर्ने लक्ष्य राखिएको विद्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment