Comments Add Comment

बाबुको सिनेमामा ‘झिल्के’ बने छोरा सलोन

salon-and-karisma
केही समय सिनेमा निर्देशनमा नदेखिएका शोभित बस्नेत फेरि सक्रिय भएका छन् । उनले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘झिल्के’ भोलीबाट छायांकनमा जान लागेको हो । चलचित्रमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, गौरी मल्ल, विजय लामा, भानुप्रताप, कविता घिसिङ, एलिना लगायतका कलाकारको मुख्य भूमिका रहेनछ । चलचित्रलाई सलोन फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो ।

आफ्नो भविष्य भन्दा पनि जवानीलाई ध्यान दिने यूवापुस्ताको कथामा यो सिनेमा बन्दैछ । चलचित्रको एक गीत र एक एक्सनको दृश्य तिहारको अवसरमा खिचिएको शोभितले बताए । तिहारको झिलिमिली चाहिने भएकाले गीत खिचिएको उनको भनाई छ ।

चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, अष्ट महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, रामजी लामिछानेको नृत्य, शोभित बस्नेतकै कथा रहनेछ । काठमाण्डौ, विरगञ्ज, लमजुङ, घलेगाउँ र मनाङमा सिनेमाको छायांकन गरिने छ । चलचित्र ‘होस्टेल’बाट चर्चामा आएका सलोनले आफ्नै पिताको निर्देशनमा नायक बनेर काम गर्न लागेको यो पहिलो सिनेमा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment