Comments Add Comment

रेकर्ड तोड्दै २ दिनमा ‘ह्याप्पी न्यू इयर’ले कमायो ८५ करोड

srk
शुक्रबारबाट प्रदर्शनमा आएको साहरुख खानको चलचित्र ‘ह्याप्पी न्यू इयर’ले २ दिनमा ८५ करोडको व्यापार गरेको छ । यो बलिउड सिनेमाको लागि आजसम्मको सवैभन्दा शक्तीशाली व्यापार हो ।

शुक्रबार ४४.९७ करोडको व्यापार गर्दै नयाँ रेकर्ड तोडेको यो सिनेमाले शनिबार ४०.२ करोडको व्यापार गर्दै तहल्का मच्चाएको छ । आज आइतबार भारतमा सार्वजनिक बिदा हुने भएकाले पनि यो सिनेमाको व्यापार शुक्रबारको जस्तै हुने अड्कल काटिएको छ । यता, आज तक र कोइमोइ डट कम जस्ता चर्चित वेभसाइटले भने सिनेमाले शनिबार ३८ करोड कमाएको जनाएका छन् ।

साहरुख खान, दीपिका पादुकोण, अभिषेक बच्चन लगायतका कलाकारले अभिनय गरेको यो सिनेमालाई फराहा खानले निर्देशन गरेकी हुन् । भारतका करिब ५ हजार हलमा चलेको सिनेमाको व्यापारले साहरुख खानलाई बलिउडको बादशाह  बनाएको छ ।

पहिलो दिन आमिर खानको ‘धुम ३’ ले बनाएको ३६ करोडको व्यापारिक रेकर्डलाई साहरुखको सिनेमाले तोडेको हो । सिनेमाको यो व्यापारको गतीले पहिलो सातामा नै २ सय करोडको आँकडा छुने देखिएको छ ।

बलिउड सिनेमाले आजसम्म बनाएका सबै रेकर्डलाई तोड्दै यसले व्यापार गरिरहेको छ । बलिउडका समिक्षक तरण आदर्शले यो कुराको पुष्टी गर्दै ट्विटरमा व्यापार सार्वजनिक गरेका हुन् । ६ चोरको कथालाई प्रस्तुत गरिएको सिनेमालाई दर्शकले मनोरञ्जनको खुराक भनेका छन् ।

सामाजिक संजालमा समेत आएको राम्रो प्रतिक्रियाले सिनेमाको व्यापारलाई उच्च बनाएको हो । साहरुखको मार्केटिङ तरिकाले व्यापारलाई नयाँ गतीमा लगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment