Comments Add Comment

नेपालले सिंगापुरलार्इ १९० रनले हरायो

bating

सुरेश भुसाल/राजकुमार श्रेष्ठ

९ कात्तिक, क्वालालम्पुर । मलेसियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको आइतवारको खेलमा नेपालले सिंगापुरलार्इ १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै डिफेन्डिङ च्याम्पियन नेपाल उपाधि होडमा फर्कीएको छ ।

उपाधी रक्षाको लक्ष्यसहित मलेसिया आएको नेपाल पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित भएको थियो । तर, दोस्रो खेलमा बर्मुडालार्इ ८ विकेटले पराजित गरेको नेपालले आइतबार सिंगापुरलार्इ १९० रनकाे भारी अन्तरले हराएको छ ।

वायुमास अोभल मैदानमा टस हारेर ब्याटिङ्को निम्तो पाई प्रारम्भिक ब्याटिङ् गरेको नेपालले पुरै ओभर खेल्दा नौ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो ।

२ सय ६४ रनको लक्ष्य पछ्याएको सिंगापुर मात्र २१ अोभर ४ बलमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै जोड्न सक्यो । सिंगापुरका चेतन सूर्यबंशीले मात्र १५ रन जोडे भने क्षितिज सिन्देले १३, साद जान्जुवाले ११ रन तथा अभिराज सिंहले अविजित १२ रनको योगदान दिए ।

नेपालका सोमपाल कामी र बसन्त रेग्मीले चार-चार विकेट लिए भने अमृत भटरार्इले दुर्इ विकेट लिए ।

bating2सिंगापुरसँगको खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले सतक पार गरे । उनले १२५ बलमा एक छक्का र १३ चौकाको मद्दतमा ११४ रन जोडे । कप्तान पारस खड्कामा १४ रन बनाएर आउट भए । नरेश बुढाऐरले २९ रन तथा सरद भेषवाकरले २५ रनको योगदान गरे ।

ज्ञानेन्द्र मल्ल आउट भएपछि ब्याटिङ् सम्हालेका बसन्त रेग्मी १५ बलमा एक छक्का र दुई चौकाको मद्दतमा २१ रन जोडेर आउट भए भने विनोद भण्डारी ८ रनमा पेभेलियन फर्किए । सोमपाल कामी ६ रन जोडे भने शक्ति गौचन ५ रनमा क्याच आउट हुन पुगे । अमृत भट्टराईले अविजित ६ रन जोडेका थिए ।

सर्वाधिक रन जोडन सफल ज्ञानेन्द्र म्यान अफ दि म्याच भएका छन । नेपाल सोमबार अमेरिकासँग र बुधबार अायोजक राष्ट्र मलेसियासँग खेल्ने छ । यी सबै खेलको अनलाइनखबरले मैदानबाटै लाइभ अपडेट गर्ने छ ।

gyanendra-1
सतक पुरा गरेपछि खुसी मनाउँदै उपकप्तान ज्ञानेन्द्र

अन्य खेलमा बर्मुडा र युगान्डा बिजयी

डिभिजन थ्री लिग अन्तरगत अाजै युगान्डा र अमेरिकाबीच भएको खेलमा माैसममा अाएको खरावीका कारण खेल रोकिएपछि डीएल बिधिमार्फत युगान्डा २४ रनले बिजयी भएको छ । यसैगरी बर्मुडा र मलेसियावीच भएको अर्को खेल पानीका कारण प्रभावित भयो । डीएल बिधिमार्फत बर्मुडा ७४ रनले बिजयी भएको छ ।

यो पनि पढ्नुहोस्

ज्ञानेन्द्र चम्किएपछि पारसले भने- उसमा अझै धेरै क्षमता छ

बिरानो मलेसिया जब घरेलु मैदानझैं बन्यो ( मलेसियाका नेपाली फ्यानबारे फोटो कथा)

 

point table_ICCअहिलेसम्मको खेलका अाधारमा नेपाल अंकतालिकाको दोस्रो स्थानमा छ । तीन खेल खेलेको युगान्डा सवैमा जीत हात पार्दै पहिलो स्थानमा छ भने तीनमध्ये दुर्इ खेल जितेको नेपाल दोस्रो स्थानमा छ ।

अंकतालिकाको पहिलो र दोस्रो स्थानमा रहनेहरू डिभिजन २ मा बढुवा हुनेछन् भने अन्तिम दुर्इ डिभिजन ४ मा घटुवा हुनेछन् ।

gyanendra-and-saradh

paras-out

darshak

darshak2
बिदाको दिन परेकाले होला, मैदानमा पहिलेभन्दा धेरै नेपाली दर्शक उपस्थीत थिए ।
ground
खेल भएको बायोमास अोभल मैदान ।
नेपाल-सिंगापुरवीचको खेलको म्याच समरी । ग्राफिक्सः अनलाइनखबर
नेपाल-सिंगापुरवीचको खेलको म्याच समरी । ग्राफिक्सः अनलाइनखबर

 Ganendra malla (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment