Comments Add Comment

यो वर्ष धान उत्पादन घट्यो

९ कात्तिक, काठमाडौं । यतिबेला किसानले धमाधम धान थन्क्याइरहेका छन् । तर, देशका विभिन्न स्थानमा समयमै रोपाइँ हुन नसकेका कारण यो वर्ष धान उत्पादनमा कमी आएको कृषि मन्त्रालयको विश्लेषण छ ।

dhan-osaudaiकरिब ९१ प्रतिशत रोपाइँ भए पनि समयमै मनसुन नहुँदा उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष ०७०/७१ मा ५० लाख ४७ हजार ४७ मेटि्रक टन उत्पादन भएको थियो । यस आर्थिक वर्षमा भारतबाट ९ लाख मेटि्रक टन चामल आयात गरिएको थियो ।

तर, यो वर्ष गत वर्षभन्दा कम धान उत्पादन हुने अनुमान गरिएको छ । धान उत्पादनमा कमी देखिएपछि यो वर्ष चामलका लागि भारतसँग झनै बढी भर पर्नुपर्ने देखिएको छ ।

गत वर्ष बर्खे तथा हिउँदे बालीको कुल उत्पादन ९५ लाख ६२ हजार ७ सय १८ मेटि्रक टन भएको कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता उदयचन्ऽ ठाकुरले जानकारी दिए ।

मन्त्रालयको तथ्यांक अनुसार नेपालमा करिब १५ लाख १४ हजार हेक्टर जमीनमा धान खेतीका लागि योग्य भए पनि यो वर्ष १४ लाख हेक्टर जमीनमा मात्रै धानखेती भएको छ । यो अघिल्लो वर्षको तुलनामा ८६ हजार हेक्टरले कम हो ।

झापा, मोरङ र रुपन्देही धानखेतीका लागि अग्रणी स्थानमा रहेका छन् । ती जिल्लाबाट औसतमा ३ लाख मेटि्रक टन धान उत्पादन हुन्छ । नेपालमा धान, मकै, कोदो, गहुँ, जौ र फापरलाई खाद्यबाली भनिन्छ ।

पहाडी क्षेत्रका १५ जिल्लाबाट ६८ हजार मेटि्रक टन धान उत्पादन हुन्छ । डोल्पामा २ सय ७६ मेटि्रक टन, जुम्लामा ५ सय १२ मेटि्रक टन धान उत्पादन हुने मन्त्रालयले जनाएको छ ।

कृषकलाई समयमै उन्नत बीउ-बिजन तथा प्रविधिको प्रयोगको पहुँचमा कमी हुनु, बेरोजगारी समस्याले युवा जनशक्ति विदेशिनुका साथै जमीनको उर्वरा शक्तिमा आएको कमीले गर्दा उत्पादकत्व घटेको सरोकारवालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment