Comments Add Comment

कतारमा तमू भाषाको प्रशिक्षण

Tamu-doha-2दोहा– कतारमा तमू (गुरुङ) भाषा प्रशिक्षण कार्यक्रमको शुरुवात गरेका छन् । कार्यक्रम तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित पूर्वाञ्चल संपर्क समितिले आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन दोहास्थित फेमश रेष्टुरेण्टको सभाहलमा शुक्रवारका दिन प्रमुख अतिथि गैरआवासिय नेपाली संघ – अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य तथा समाजका सल्लाहाकार अमृत गुरुङले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले भाषा र भेषभुषा तमूहरुको पहिचान भएकोले यसको संरक्षण र संवर्धन गर्न जरुरी भएको कुरा बताए । अब भाषा संस्कृतिको संरक्षणमा आफै नलागे हाम्रा भावी पिडीहरुले विर्सदै जाने उल्लेख गर्दै उनले यस्तो कार्यको थालनी गरेकोमा तमू समाज कतार र शाखा संस्था पूर्वाञ्चल संपर्क समितिलाई धन्यवाद दिए ।

Tamu-doha-1त्यसैगरी तमू समाज अनलाइनका सञ्चालक बुधबल तमू, समाज कतारका कार्यबाहक अध्यक्ष खेम तमू, द्वितीय उपाध्यक्ष तथा तमू प्ये ताँ ल्हु ताँ समितिका अध्यक्ष रस तमू, तृत्तीय उपाध्यक्ष भाईकाजी तमू, खेलकुद समितिका अध्यक्ष सूर्य तमू, तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले, पश्चिमाञ्चल सम्पर्क समितिका टुबिन्द्र तमू, गोरखा सेवा समाज कतारका अध्यक्ष तथा तमू सांस्कृतिक परिवार कतारका पूर्व अध्यक्ष आशबहादुर तमू थिए ।

जगन तमू, हितमान घले, पाम बहादुर तमू, खुशी तमू र मदन तमूले तमू भाषाको प्रशिक्षण दिएका थिए ।पूर्वाञ्चल संपर्क समितिका संयोजक हरिकाजी तमूको सभापतित्वमा भएको सो कार्यक्रमलाई सचिव पूर्णकान्छा तमूले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment