Comments Add Comment

कम्युनिष्ट नेता भक्तबहादुर पत्नीकाे निधन


bhakt bdr shrestha९ कात्तिक, काठमाडौ ।
कम्युनिष्ट नेता भक्तबहादुर श्रेष्ठको जीवनसंगिनी रुक्मिणी श्रेष्ठको निधन भएको छ । ७५ वर्षीया रुक्मिणीको मकवानपुरस्थित आफ्नै निवासमा शनिवार विहान निधन भएको हो । रुक्मिणी मधुमेह तथा रक्तचापको विरामी थिइन् ।

पुराना कम्युनिष्ट नेता भक्तबहादुरको २०१२ सालमा रुक्मिणीसँग विवाह भएको थियो । उनका दुई छोरी छन् । भक्तबहादुरकाे भने यसअघि नै निधन भएकाे हाे ।

यसैबीच, नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले विज्ञप्ति जारी गरी रुक्मिणीको निधनप्रति दुःखी तुल्याएको जनाएका छन् ।

रुक्मिणीले कम्युनिष्ट आन्दोलनमा महत्पूर्ण योगदान पुर्याएको बादलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment