Comments Add Comment

मधेशवादीका नाममा लुटतन्त्र : सभासद आशा यादव

९ कात्तिक, सप्तरी । नेकपा एमाले नेतृ तथा सभासद आशादेवी यादवले मधेशवादी दलहरु मधेशमा साम्प्रदायिक सदभाव बिथोल्ने षडयन्त्रमा लागेको आरोप लगाएकी छन् ।

AASHA-YADAV,SAVASAD,UML
अाशा यादव, सभासद, नेकपा एमाले

घोषिन यादव उत्थान मन्चले राजविराजमा आयोजना गरेको कार्यक्रममा सभासद यादवले मधेसवादी दलहरु कुर्सी मोहमा फसेर आफ्नो समुदायको हितमा काम गर्न चुकेको बताइन् ।

मधेशवादी भनिएका दलहरुले मधेशी जनतालाई सत्ताको भर्‍याङमात्र बनाउने र समाजिक सद्भाव बिथोल्ने काम गरेको भन्दै उनले एमालेले मात्रै मधेशको सही प्रतिनिधित्व गर्ने दावी गरिन् ।

मधेशमा यादव अन्तर्गतको घोषिन जनसमुदाय धेरै नै पछाडि परेको उल्लेख गर्दै उनले यस्ता विषय मधेशी दलका एजेण्डामा कहिल्यै नपरेको बताइन् । मधेशमा केही टाठाबाठाले मधेशी जनताको नाममा लुट मच्चाएको उनले आरोप समेत लगाइन् ।

कार्यक्रममा सभासद आशा यादवसहित घोषिन यादव समुदायका पत्रकार अरुणकुमार यादवलाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment