Comments Add Comment

पात्रले हिट भएका ‘तक्मे’ र ‘हाकु काले’

wilson-and-haku-kale
सिनेमाको पर्दामा होस् या टेलिभिजनमा नै किन नहोस्, कलाकारहरु विभिन्न भूमिकामा काम गर्छन् । तर, पनि कलाकारले आफ्नै नामको ब्रान्ड बनाउन भने सक्नुपर्छ ।

चलचित्र ‘लुट’मा काम गरेपछि कलाकार सौगात मल्लाई ‘हाकु काले’ नामले दर्शकले चिने । सौगातको नाम भन्दा पनि पात्र हिट भएपछि उनी चम्किए । तर, अहिले उनलाई पात्रको ब्रान्ड जोगाउन मुश्किल परेको छ । चलचित्र ‘लुट’ पछि उनको कुनै पनि सिनेमा सफल छैनन् ।

सिनेमा सफल नहुँदा सौगातको वास्तविक नाम पनि ओझेलमा परेको छ । दर्शक उनलाई अझै पनि ‘हाकु काले’ भनेर नै बढी चिन्छन् । चलचित्र ‘लुट’ हिट भएपछि सौगातलाई फिल्म बनाउनेहरुले विभिन्न पात्र र चरित्रमा देखाउन खोजे । तर, सबैको प्रयास असफल भयो । जसका कारण पनि सौगात यतिबेला सफल सिनेमाको खोजीमा छन् ।

यता, सानो पर्दामा ‘तक्मे बुढा’ भनेर चिनिए विल्सन विक्रम राई । उनलाई नाम भन्दा पनि पात्रले नै चर्चामा ल्याइदिएको छ । कुनै पनि कार्यक्रममा विल्सनलाई चिनाउन ‘तक्मे बुढा’ भन्नुपर्छ । विल्सन पनि धेरै स्टेज कार्यक्रममा यही नाम र पोशाकमा नै देखिन्छन् ।

यतिबेला, ‘मेरी बाँस्सै’बाट विल्सन बाहिरिसकेका छन् । सिरियलमा देखिन छोड्दा दर्शकले पात्रलाई विर्सनु स्भाविक नै हो । यसैले पनि विल्सनलाई लामो रेशको घोडा बनेर अगाडि बढ्न आफ्नै नामलाई स्थापित गर्नु जरुरी छ ।

सिनेमाको पर्दामा हाँस्य कलाकारको रुपमा नै देखिएका विल्सनलाई अब नयाँ पात्र या आफ्नै नाम चम्काउने चुनौती छ । के विल्सन र सौगातले यो चुनौती जित्लान्, समयले नै बताउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment